मुम्बई र बैंगलोरको खेल रोमाञ्चक : १ सय ८८ रनको टार्गेट - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

मुम्बई र बैंगलोरको खेल रोमाञ्चक : १ सय ८८ रनको टार्गेट



एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई जितका लागि १८८ रनको लक्ष्य दिएको छ ।

बैंगलोरस्थित एम चिन्नास्वामी क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले पुरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १८७ रन बनायो ।

मुम्बईका लागि रोहित शर्माले ४८ रन जोड्दा सुर्य कुमार यादवले ३८ रन बनाए । यस्तै हार्दिक पाण्डयले अविजित ३२ तथा युवराज सिंह र क्विनटन डी ककले समान २३/२३ रन जोडे ।

बैंगलोरका युजभेन्द्र चाहलले ४ तथा मोहमद सिराज र उमेश यादवले २/२ विकेट लिए ।

आज दुवै टोली पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।

विराट कोहलीको कप्तानीमा रहेको बैंगलोर पहिलो खेलमा साबिकको विजेता चेन्नई सुपर किङ्ससंग ७ विकेटले पराजित भएको थियो ।

रोहित शर्माको कप्तानीमा रहेको मुम्बई दिल्ली क्यापिटल्ससंग ३७ रनले पराजित भएको थियो ।