बैंग्लोर र पंजाव खेल्दा रोचक घटना : खेल चलिरहँदा एकाएक बल गायव - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

बैंग्लोर र पंजाव खेल्दा रोचक घटना : खेल चलिरहँदा एकाएक बल गायव



काठमाडौं -बैंग्लोरको चिन्नास्वामी स्टेडियममा बुधवार रोयल चैलेन्जर्स बैंग्लोर र किंग्स इलेवन पंजाबका बीच भएको खेलमा एक रोचक घटना देखियो ।

रोयल चैलेन्जर्स बैंग्लोरको पारीको १४ औँ ओभरपछि बीच मैदानबाट बल गायब भयो । बल हराएपछि सबै जनाले एक अर्कालाई बलका बारेमा सोध्न थाले । केही समयपछि बल अम्पायरको खल्तीमा भेटियाे ।

पंजाबका कप्तान आर अश्विनले १५ औँ ओभरका लागि अंकित राजपूतलाई पठाए तर, उनले बल पाएनन् । पंजाबका सबै खेलाडी एक अर्कालाई बलका बारेमा सोध्न थालेका थिए ।

बीच मैदानबाट बल गायब भएपछि सबै हैरान थिए । केही खेलाडीहरु बल गायब भएपछि हास्न थाले । त्यसपछि फोर्थ अम्पायर बाहिरबाट बल लिएर मैदान प्रवेश गरे । तर त्यस अगाडि नै गायब भएको बल मैदानमा रहेका अम्पायरको खल्तीबाट निस्कियो ।

मैदानमा रहेका अम्पायर केसी शमसुद्दीनले टाइम आउट भन्दा पहिले बललाई आफ्नो खल्तीमा राखेका थिए । ढाई मिनेटको ब्रेकपछि सबै खेलाडी मैदान आए तर अम्पायर यो कुरा बिर्से कि उनले बल खल्तीमा राखेका थिए ।

मैदानमा घटेको यो घटनाले सबैलाई हैरान पारेको थियो । यो खेलमा बैंग्लोरले पंजाबलाई १७ रनले पराजित गरेको थियो ।