नैतिकता बिर्सेर रायमाझीले नैतिकता सिकाएपछि... - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

नैतिकता बिर्सेर रायमाझीले नैतिकता सिकाएपछि…



काठमाडौं- पद र चर्चाको लागि जे पनि गर्न पछि नपर्ने नेकपाका नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीले आज प्रधानमन्त्री ओली पक्षको भेलामा उपस्थित भएर नेताहरूलाई नैतिकताको पाठ समेत पढाउन भ्याए ।

नेकपा ओली समूहले आज बागमति प्रदेशस्तरीय केन्द्रीय सदस्यहरूको अभिमूखीकरण कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रम तीनकुनेस्थित रोयल ब्यांक्वेटमा राखिएको थियो । सो कार्यक्रममा वक्ताको रूपमा सरकारका उपप्रधानमन्त्री इश्वर पोखरेल र नेता रायमाझी थिए ।

कार्यक्रममा बोल्दै नेता रायमाझीले पदका लागि प्रचण्ड-नेपालले जे पनि गर्न पछि नपर्ने भन्दै नैतिकताको पाठ सिकाए । आफ्नै विरासत बिर्सिएर उनले नैतिकताको पाठ सिकाउँदा नेकपाका केहि कार्यकर्ता भने मुसुमुसु हाँसिरहेका थिए ।

राम्रो मन्त्रालयमा आफू जान लागेको हुनाले आफूलाई सहयोग गर्न भन्दै केहि पत्रकारलाई खबर गरेर कार्यक्रममा बोलाएका रायमाझीले पदकै चर्चा गरेर शिर्ष नेतालाई उडाए ।

तत्कालिन माओवादी बिभाजन भएर डा. बाबुराम भट्टराईले नयाँ शक्ति निर्माणगर्ने क्रममा प्रचण्डको साथ छाडेर बाबुरामको पार्टीमा हिँडेका रायमाझी उपप्रधानमन्त्री सहितको मन्त्रालय पाउने भएपछि प्रचण्डसँगै फर्केर उपप्रधानमन्त्री बनेका थिए । त्यतिमात्र होइन पद र शक्तिका लागि पार्टीभित्र सधै बार्गेनिङ गरिरहने रायमाझीले अहिले भने नेताहरूलाई पदलोलुप भएको आरोप लगाए ।

लोकप्रियताका लागि अर्कैले गरेको कामलाई पनि आफूले गरेको भन्दै प्रचार गर्ने गरेका तमाम घटना बिर्सिएर नेताहरूलाई नैतिकताको पाठ सिकाए ।

मन्त्री बन्न नसकेर छटपटाइ रहेका रायमाझीले पाँचवर्ष पनि कुर्न नसक्ने भन्दै प्रचण्ड र माधव नेपालको अनुहार हालको अवस्थामा हेर्न पनि लायक नभएको बताए ।