भीम रावलले दिए सांसद पदबाट राजिनामा
काठमाडौं- एमालेका उपाध्यक्ष भीम रावलले सांसद सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन् ।
उनले पछिल्लो राजनितिक घटनाक्रमका कारण सांसद पदबाट दिने घोषणा गरेका हुन् ।
रावलले सांसद पदबाट राजीनामा दिन संसद सचिवालयमा पुगेको स्रोतले बताएको छ । उनी अहिले बानेश्वरमा संसद भवनमा गएर सभामुखसमक्ष राजीनामा बुझाउने तयारी गरेको बताइएको छ ।