तत्काल पद छाड्न ओलीलाई रावलको सुझाव - Himal Post Himal Post
  • १७ असार २०८३, बुधबार
  •      Wed Jul 1 2026
Logo

तत्काल पद छाड्न ओलीलाई रावलको सुझाव



काठमाडौं- नेकपाका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले अब पदमा बस्ने सबै आधार गुमाइसकेको उल्लेख गर्दै तुरुन्त राजीनामा गर्न माग गरेका छन्।

सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गर्ने फैसला गरेपछि मंगलबार राति सामाजिक सञ्जालमार्फत नेता रावलले प्रधानमन्त्रीविरुद्ध प्रतिक्रिया व्यक्त गरेका हुन्।

‘प्रम केपी शर्मा ओलीले गर्नुभएको प्रतिनिधि सभाको विघटन असंवैधानिक र स्वेच्छाचारी भएको सर्वोच्च अदालतको फैसलाले प्रमाणित गरेको छ। उहाँले प्रमको पदमा रहने सबै आधार समाप्त भएका छन्,’ रावलले लेखेका छन्, ‘तुरून्त राजीनामा गर्नुपर्छ। प्रम ओलीको निरंकुश कार्यका विरूद्ध आन्दोलन गर्ने सबैलाई धन्यवाद र बधाई !’