ओलीले भन्दा राम्रोसँग एमाले चलाउने रावलको दाबी - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

ओलीले भन्दा राम्रोसँग एमाले चलाउने रावलको दाबी



काठमाडौं- नेकपा एमालेका नेता भीम रावलले आफूले अध्यक्ष पाएको भए केपी शर्मा ओलीले भन्दा राम्रो एमाले चलाउने आफ्नो सोच रहेको बताएका छन् ।

आफ्नो गृहजिल्ला अछाममा आयोजित एक कार्यक्रममा रावलले आफू अध्यक्ष बन्न पाएको भए एमालेलाई राम्रो बनाउने बताएका हुन् ।

‘तपाईंले भन्दा राम्रो अध्यक्ष चलाउँथे मैले,’ आफूले महाधिवेशनका क्रममा ओलीलाई भनेको स्मरण गर्दै रावलले भने ।

रावलले ओलीले उपाध्यक्ष खानुस भन्दा पनि आफूले नखाएको बताए । ‘अध्यक्ष ओलीले मलाई उपाध्यक्ष खानुस भन्नुभएको थियो,’ रावलले भने, ‘मैले अध्यक्षमै लड्छु भनें । त्यसपछि केन्द्रीय समितिको सपथ खानुस भन्नुभयो, मैले खाइन ।’

उनले आफूले टिका लगाएर उपाध्यक्ष नखाने बताए ।