भीम रावलको पक्षमा ५७ जना एमाले नेताहरू - Himal Post Himal Post
  • १० फाल्गुन २०८१, शनिबार
  •      Sat Feb 22 2025
Logo

भीम रावलको पक्षमा ५७ जना एमाले नेताहरू



काठमाडौं- विगतमा माधव नेपालको पक्षमा रहँदै आएका ५७ जना एमाले नेराहरूलाई भीम रावलको पक्षमा एक हुने देखिएको छ । एकताकै पक्षमा उभिएको भन्दै दुबैतर्फ बार्गेनिङ गरिरहेका रावल समूहले विभिन्न खाले दवाव दिइरहेका छन् ।

एमाले उपाध्यक्षहरू भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिवहरू भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे, रघुजी पन्तलगायत नेताहरू भीम रावलको मध्यमार्गी लाइनमा खडा भएका छन् । उनीहरूले पार्टी एकताको प्रयत्न जारी राख्ने भन्दै आइरहेका छन् ।

शुक्रबार भएको रावल निकट ५७ केन्द्रीय सदस्य र सांसदको भेलाले मध्यमार्गमै बसेर संघर्ष गर्नुपर्ने निष्कर्ष निकालेको छ । १० बुँदे सहमति तत्काल कार्यान्वयनमा जोड दिँदै माधव नेपाललाई नयाँ पार्टी दर्ताबाट पछि हट्न आग्रह समेत गरेका उनीहरूले शुक्रबार आफू निकटलाई बोलाएर छलफल गरेका छन् ।

भेलामा भएको छलफलबारे बताउँदै एक नेताले संघर्ष जारी राख्ने त्योबाट पार नलागे छुट्टै विद्रोह गर्नेबारे छलफल भएको बताएका छन् । छलफल पछी उपाध्यक्ष रावलले उनले १० बुँदे सहमति तत्काल लागू गर्न र नवगठित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाललाई नयाँ दल दर्ता प्रक्रिया रोक्न अनुरोध गर्ने निर्णयसमेत गरेको बताएका थिए ।

तर छलफलमा ओलीको पछाडी लागेर पनि पार नलाग्ने भन्ने स्वर चर्किएको थियो । त्यसको जवाफमा नेताहरूले संघर्षबाट भएन भने छुट्टै विद्रोह गर्न सकिने बताएका थिए ।

भेलाले नेताबीच एकआपसमा आक्षेप लगाउने, चरित्र हत्या गर्नेजस्ता कार्य रोक्न र संयमित रहन आग्रह गर्ने निर्णय गरिएको बताइएको छ । भेलापछि रावलले भने, ‘१० बुँदे सहमति व्यवहारमा तत्काल कार्यान्वयन हुनुपर्छ । पार्टी अलग खोल्न प्रक्रिया रोक्नुपर्छ । उनीहरूमाथि भएको कारबाही खारेज हुनुपर्छ भन्ने निर्णय गरेका छौं,’ उनले भने ।

आन्तरिक विवादको पार्टीभित्रै समाधान खोजिनु पर्ने निश्कर्ष आफूहरूको रहेको उनले बताए । उनले दल विभाजनसम्बन्धी अध्यादेश खारेज गर्न माग राखेका थिए ।

‘यो अध्यादेशले राजनीतिक अस्थिरता ल्याउँछ र लोकतन्त्रलाई प्रहार गर्छ’, उनले भने । रावलले एकताका पक्षमा संयुक्त वक्तव्य जारी गर्ने पनि बताए ।