मतदान सकिए लगत्तै भीम रावलले गरे एमाले छोड्ने संकेत - Himal Post Himal Post
  • ८ माघ २०८२, बुधबार
  •      Wed Jan 21 2026
Logo

मतदान सकिए लगत्तै भीम रावलले गरे एमाले छोड्ने संकेत



काठमाडौं- नेकपा एमालेका नेता डा. भीम रावलले अध्यक्ष पदमा हारेको खण्डमा पार्टी छोड्ने संकेत गरेका छन् । उनले अध्यक्षमा हारे केन्द्रीय सदस्यमा पनि नरहने भन्दै यस्तो संकेत गरेका छन् ।

पार्टीको महाधिवेशनअन्तर्गतको मतदानपछि संचारकर्मीसँग कुरा गर्दै रावलले आफूले अध्यक्षबाहेकका पदमा उम्मेदवारी नदिएको भन्दै केन्द्रीय सदस्य अस्विकार गरेका छन् ।

आयोगका पदाधिकारीलाई अध्यक्षका लागि मात्र आफ्नो उम्मेदवारी रहेको जानकारी गराए पनि आफ्नो नाम सदस्यमा पनि रहेको भन्दै उनले विजयी भए अध्यक्षका रुपमा मात्र शपथ लिने बताए।

आठौं महाधिवेशनमा पनि यही विषयमा विवाद भएको स्मरण गर्दै रावलले भने, ‘मैले जुन पदमा उम्मेदवारी दिएको छैन त्यसमा कसरी शपथ लिन्छु! अहिले पनि मैले त्यसमा उम्मेदवारी दिएको छैन। अध्यक्ष पदमा विजय भए शपथ लिन्छु, अन्य पदमा मैले उम्मेदवारी दिएको छैन।’

निर्वाचनका क्रममा आचारसंहिताविपरीत समूहगत सूची बाँडिएको र त्यस्ता कार्य नगर्न आग्रह गर्नेहरुप्रति हातपात भएको विषयमा पनि रावलले आपत्ति जनाएका छन्।