रावलसँग हार्ने डरले ओली समूहले बाँड्यो मतदानको लाईनमा पर्चा - Himal Post Himal Post
  • १५ फाल्गुन २०८१, बिहीबार
  •      Thu Feb 27 2025
Logo

रावलसँग हार्ने डरले ओली समूहले बाँड्यो मतदानको लाईनमा पर्चा



काठमाडौं- सकेसम्म निर्वाचन नै हुन नदिने केपी शर्मा ओलीको प्रयास असफल भएपछि निर्धारित समयभन्दा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान भइरहँदा सात घण्टा ढिला सुरू भएको मतदानमा ओली समूहले सूची बाँडेको छ ।

अध्यक्षमा ओलीविरुद्ध उम्मेदवारी दिएका रावललगायतका नेताहरूलाई भोट नहाल्न भन्दै ओली समूहले पर्चा नै बनाएर बाँडेका छन् । पक्का हार्ने भनिएका रावलसँग ओली समूह डराएर यस्तो पर्चा बाँडेको जस्तो देखिएको छ ।

पर्चामा रावलसहित ओलीले नाम घोषणा गरेकाबाहेक उम्मेदवारलाई भोट नहाल्न भन्दै पर्चा बाँडेका हुन् । भोट हाल्नका लागि लाइनमा बसेका एमाले प्रतिनिधिहरुलाई ओलीका कार्यकर्ताले अध्यक्षका उम्मेदवार रावलसहित उपाध्यक्षका उम्मेदवार घनश्याम भुसाल, सचिवका उम्मेदवार टंकप्रसाद कार्की र भ आचार्यलगायतलाई भाेट नहाल्न भन्दै पर्चा बाँडिरहेका हुन् ।

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि अहिले मतदान भइरहेको छ । बिहान ४ बजेदेखि मतदान सुरु भएको हो ।
अध्यक्षमा केपी शर्मा ओली र भीम रावल उम्मेदवार छन् भने ६ उपाध्यक्षका जागि अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र सुवास नेम्वाङ उम्मेदवार छन् ।

सात सचिवका लागि गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टंक कार्की, टोपबहादुर रायमाझी, पद्मा अर्याल, भीम आचार्य, योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्ट चुनावी मैदानमा छन् ।