भीम रावल र सुरेन्द्र पाण्डेले पाए एमालेमा केन्द्रीय सदस्य छान्ने जिम्मेवारी - Himal Post Himal Post
  • २९ पुष २०८१, सोमबार
  •      Mon Jan 13 2025
Logo

भीम रावल र सुरेन्द्र पाण्डेले पाए एमालेमा केन्द्रीय सदस्य छान्ने जिम्मेवारी



काठमाडौँ । नेकपा एमालेले पार्टी विभाजनपछि रिक्त ५५ केन्द्रीय सदस्यको मनोनयन एमालेका पूर्वनेता नेता माधव नेपाल खेमाका नेताहरूमध्येबाटै गर्ने भएको छ ।

२ जेठ २०७५ अघि एमालेको २०३ सदस्यीय केन्द्रीय कमिटीमध्ये ५५ जनाले नेकपा (एकीकृत समाजवादी) का तर्फमा सनाखत गरेपछि एमालेमा हाल ती पद रिक्त छ ।

रिक्त पदपूर्ति गर्दा तत्कालीन नेपाल खेमाको विचार समूहमा रहेका तर हाल एमालेतर्फ खुलेका नेताहरूमध्येबाटै चयन गरिने एमालेले जनाएको छ ।

रिक्त ५५ जना केन्द्रीय सदस्यको सिफारिस भने नेपाल समूह छोडेर अन्तिम समयमा एमालेमा समाहित भएका १० स्थायी कमिटी सदस्यले गर्नेछन् ।

५५ सदस्य सिफारिस गर्ने जिम्मेवारी भने उपाध्यक्ष भीम रावल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले पाएका छन् ।