भिम रावलको टिप्पणी: शंकर पोखरेलले राजनीतिलाई निवस्त्र पारे - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

भिम रावलको टिप्पणी: शंकर पोखरेलले राजनीतिलाई निवस्त्र पारे



काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष भीम रावलले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीकै छत्रछायाँमा लोकतन्त्र र राजनीतिक नैतिकताको धज्जी उडाएको बताएका छन् ।

नेता रावलले राष्ट्रिय राजनीतिलाई निरवस्त्र तुल्याई संविधानकै मर्यादामा अघात पुग्नेगरी पदलोलुप चर्तिकला देखाएको बताएका छन् ।

आइतबार ट्वीटरमा लेखेर रावलले अविश्वासको प्रस्ताव सामना गर्न छोडेर राजनीतिलाई नै निवस्त्र पारेको आरोप लगाएका हुन् ।

रावलले लेखेका छन्,‘लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध प्रस्तुत अविश्वास प्रस्तावका सन्दर्भमा राष्ट्रिय राजनीतिलाई निरवस्त्र तुल्याई संविधानकै मर्यादामा अघात पुग्नेगरी निजबाट भएका क्रियाकलापले लोकतन्त्र र राजनीतिक नैतिकताको धज्जी उडाएको छ।प्रमं केपीको छत्रछायामा अर्को पदलोलुप चर्तिकला!