ओलीलाई नैतिकता सम्झाउँदै रावलले सोधे ९ प्रश्न
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपाका नेता भिम रावलले ९ प्रश्न सोधेका छन् । प्रधानमन्त्री ओलीले राजधानीमा आयोजित सभालाई सम्वोधन गर्दै बोलेका भाषणलाई आधार बनाएर रावलले प्रश्न सोधेका हुन् ।
आफ्नो समूहले शुक्रबार काठमाडौंमा आयोजना गरेको आमसभामा बेलायतका प्रधानमन्त्रीले गरेझैं आफूले पनि प्रतिनिधि सभा विघटन गरेको उदाहरण दिएका ओलीलाई प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका नेता रावलले ९ प्रश्न तेर्साएका छन् ।
सामाजिक संजाल ट्वीटर मार्फत रावलले ओलीलाई नैतिकता समेत सम्झाएका छन् । उनले प्रश्न गर्दै भनेका छन्, ‘प्रधानमन्त्री केपीजीले नेपाल र बेलायतको प्रणाली उस्तै भएको भन्ने तर्क दिइरहँदा यी प्रश्नहरूको जवाफ जनतालाई दिनुहोस् ।’
बेलायतमा कानूनहरू भएको र अभ्यास गरिएको परम्परा केपीजीले संविधान मिचेझैं मिचिदैनन् रावलले भनेका छन् ।
रावलले प्रधानमन्त्रीलाई ९ प्रश्न यस्ता छन्: