ओलीसँग नझुके रावललाई एमालेमा जिम्मेवारी नदिइने - Himal Post Himal Post
  • १३ पुष २०८१, शनिबार
  •      Sat Dec 28 2024
Logo

ओलीसँग नझुके रावललाई एमालेमा जिम्मेवारी नदिइने



काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अध्यक्षमा पराजित नेता भीम रावलले पार्टीमा जिम्मेवारी लिन तत्परता नदेखाएको बताएका छन् ।

शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा एमाले केन्द्रीय प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले नेता रावलले तत्परता देखाउने वित्तिकै पार्टीले आवश्यक छलफल गरेर उनलाई जिम्मेवारी दिने पनि बताए ।

उनले जिम्मेवारी लिनका लागि रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्नसक्ने समेत बताए । उनले घुमाउरो पारामा रावलले ओलीले भनेको नमाने जिम्मेवारी नपाउने संकेत गरे ।

पोखरेललले पार्टीका नेताहरूको कार्य विभाजनमा पार्टी नेतृत्वले विभेद गरेको भन्ने कुरा सत्य नभएको दाबी गरे । नेताहरूको विशाल पंक्ति भएकाले जिम्मेवारी दिने कुरामा तलमाथि भएपनि पार्टीका नेताहरूको कार्य विभाजनमा कुनै पनि प्रकारणको विभेद नरहेको उनको दाबी छ ।

महासचिव पोखरेलले राष्ट्रियसभाको निर्वाचनबाट आउने परिणामको आफ्नो पार्टीले चिन्ता नगर्ने पनि बताए । माधव नेपालहरूले आफ्नो पार्टीको मतलाई खण्डित गरेकाले त्यसबाट आउने परिणामबाट आफ्नो पार्टी चिन्तित नहुने उनको भनाइ थियो ।