भीम रावल माओवादी केन्द्रको बैठकमा
काठमाडौं- नेकपा एमालेका नेता भीम रावल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटी बैठकस्थल पुगेका छन् ।
शनिबार बिहानै माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा पुगेका रावल केहि समय बसेर बाहिरिएको बताइएको छ । अहिले माओवादी केन्द्रको बैठक बसिरहेको बैठक छ ।
नेता रावल माओवादीको बैठकमा किन पुगे भन्नेबारे केहि खुलाइएको छैन । माओवादी केन्द्रले आज बिहान राजधानीमा उपलब्ध स्थायी कमिटी सदस्यहरुको अनौपचारिक बैठक बोलाएको छ ।
नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने नेताहरुले बताएका थिए ।