लेखराजलाई काउन्टर गर्न धनगढी पुगे रावल - Himal Post Himal Post
  • १ माघ २०८१, मंगलवार
  •      Tue Jan 14 2025
Logo

लेखराजलाई काउन्टर गर्न धनगढी पुगे रावल



कैलाली – नेकपा एमालेका उपाध्यक्ष भीम रावल आज सुटुक्क धनगढी पुगेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमती लागू नगरे एमाले छोड्ने तयारीमा रहेका रावल धनगढी पुगेका हुन् ।

धनगढी पुगेका रावललाई एमालेका कार्यकर्ताले भव्य स्वागत गरेका छन् । मंगलबार गेटा बिमानस्थलमा उनलाई एमालेका नेता कार्यकर्ताहरुले स्वागत गर्दै धनगढी पार्टी कार्यालय पुर्‍याएका थिए ।

नेकपा एमाले विभाजन भएपछि उनी दोस्रो पटक सुदूरपश्चिम पुगेका हुन् । अध्यक्ष ओलीले सुदूरपश्चिम प्रदेशको इन्चार्ज पार्टीका नेता लेखराज भट्टलाई बनाएपछि तनावमा रहेका रावल सुटुक्क धनगढी पुगेका थिए ।

यसअघि आइतबार लेखराज भट्ट धनगढी पुगेका थिए । उनले पार्टी इन्चार्जको हैसियतले कार्यकर्ता भेटघाट गरिरहेका छन् । लेखराज त्याहाँ पुगेपछी थप तनावमा परेका रावल आफूनिकट नेता र कार्यकर्तासँग छलफल गर्न त्यहाँ पुगेको बताइएको छ ।

विगतमा उनी माधवकुमार नेपाल निकट रहे पनि पार्टी विभाजनपछि उनले एमालेमा नै बस्ने निर्णय गरेका हुन् । रावल एमाले पार्टी कार्यालयमा आफू समर्थक नेता कार्यकर्तालाई सम्बोधन गरिरहेका छन् । कार्यक्रममा उनी पक्षीय नेता कार्यकर्ताको उपस्थिति रहेको छ ।

उनले ओली सहमतिमा नआएको खण्डमा एमाले छोड्ने भन्दै छलफल र परामर्शलाई तिब्र पारेका छन् ।