भीम रावल भन्छन्: पद छोड्न तयार छु, तर, अरूलाई दिएर अर्थ छैन - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

भीम रावल भन्छन्: पद छोड्न तयार छु, तर, अरूलाई दिएर अर्थ छैन



धनगढी- नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले एमाले सुदूरपश्चिम संयोजकबाट आफूलाई हटाएको कुरामा सत्यता नभएको दाबी गरेका छन्।

धनगढीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रावलले भने, ‘मलाई इन्चार्जबाट हटाएको कुरामा सत्यता छैन। म एमाले उपाध्यक्ष र सुदूरपश्चिम संयोजक हुँ।’

उनले आफू पार्टीको हितको लागि पद छाड्नसमेत नडराउने मान्छे भएको उनले बताए। अध्यक्ष केपी शर्मा ओलीलाई संकेत गर्दै उनले उपलब्धि नहुने गरि कसैले कसैलाई दिएको जिम्मा अर्थ नभएको दाबी गरे।

१० बुँदे कार्यान्वयनको जिम्मेवारीबाट कसैले पनि पन्छिन नहुने बताउदै उपाध्यक्ष रावलले भने, ‘१० बुँदे कार्यान्वयन गर्नु सबै नेता–कार्यकर्ताको कर्तव्य हो। १० बुँदे कार्यान्वयनको अर्थ एमाले २०७५ जेठ २ को अवस्थामा जानु हो।’

१० बुँदे सहमति अक्षरशः कार्यान्वयन गर्ने सम्पूर्ण नेता-कार्यकर्ताको कर्तव्य रहेको उनको भनाइ छ। एमाले सुदूरपश्चिम इन्चार्जको विषयमा उपाध्यक्ष रावल र नेता लेखराज भट्टबीच विवाद चलिरहेको छ।

एमाले अध्यक्ष ओलीले सुदूरपश्चिमको इन्चार्ज लेखराज भट्ट नै भएको बताएपछि रावल असन्तुष्ट बनेका छन्।