भीम रावलले बाबुरामलाई बुझाए सक्कली पीएचडीको प्रमाण
काठमाडौं। पूर्वप्रधानमन्त्ती तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र नेकपा एमालेका नेता तथा पूर्वउपप्रधानमन्त्ती भीम रावल एकअर्काको पीएचडी नक्कली हुनसक्ने भन्दै सवालजवाफमा उत्रिएका छन्।
बाबुरामले पीएचडी नक्कली भनेपछि रावलले त्यसको जवाफ फर्काएका छन् । उनले त्रिबीको पीएचडी नक्कली नहुने भन्दै रिप्लाई गरेका छन् ।
भट्टराई र रावल सामाजिक सञ्जाल ट्विटरमा सवालजवाफमा उत्रिएका हुन्। अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा रावलले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको स्मृतिपत्रमा भट्टराईको नाम उल्लेख भएपछि उनीहरु सवालजवाफमा उत्रिएका हुन्।
भट्टराईको अग्रसरतामा गोप्य रुपमा एमसीसी सम्झौता भएको उल्लेख गरेर रावलले स्मृतिपत्र बुझाएपछि भट्टराईले उक्त आरोप तथ्यहीन रहेको भन्दै ट्विट गरे। भट्टराईले तथ्यबिना लेख्ने रावलको पीएचडी नै नक्कली हुनसक्ने आशंका गरे।
भट्टराईको सोही ट्विटमा रावलले रिप्लाई दिएका छन्। उनले रिप्लाई दिनेक्रममा एमसीसीबारे सर्वदलीय सहमतिमा गर्नुपर्ने काम भट्टराईले सरकारमा छँदा चुपचाप गरेको प्रष्ट पारेका छन्।
रावलले आफ्नो पीएचडी उपाधि नक्कली हुनसक्ने भनेर भट्टराईले गरेको टिप्पणीबारे भनेका छन्, पीएचडी नक्कली सीमापारि हुनेगरेको सधैं चर्चा हुन्छ, त्रिविविबाट पीएचडी कसैको नक्कली हुने चर्चा नै हुन्न।’