महाधिवेशनपछि भीम रावल ब्यापक असन्तुष्ट
चितवन । एमाले अध्यक्षमा उठेर केपी ओलीसँग पराजित भएका नेता भीम रावलले चितवनमा सम्पन्न पार्टीको १०औँ महाधिवेशनप्रति असन्तुष्टि जनाएका छन् ।
निर्वाचनको क्रममा पनि विभिन्न प्रश्न उठाएका रावलले मंगलबार साँझ पनि प्रक्रियागत रूपमा महाधिवेशन नभएको बताए । महाधिवेशनमा थुप्रै कमि कमजोरी भएको भन्दै चर्को असन्तुष्टि रावलले राखे ।
उनले विधान महाधिवेशन गरेको व्यवस्थाअनुसार महाधिवेशन हुन नसकेको बताए । व्यवस्थापनमा पनि कमजोरी देखिएको उनले बताए ।
“हामीले विधान महाधिवेशन र जनताको बहुदलीय जनवाद अन्तर्गत हामीले जे कुरा अगाडि सार्न खोजेका थियौँ । त्यो कुरालाई महाधिवेशनलाई सम्बोधन गरेन । व्यवस्थापको दृष्कोणबाट पनि दिउँसो राम्रो तरिकाबाट गर्न सकिन्थ्यो, त्यो हुन सकेन । पछि समीक्षा गरौँला,” उनले भने ।
उनले आफूले सदस्यका लागि उम्मेदवारी नदिएकाले त्यसलाई स्वीकार नगरेको बताए ।