प्रधानमन्त्री ओलीमाथि भिम रावलका आरोप नै आरोप - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

प्रधानमन्त्री ओलीमाथि भिम रावलका आरोप नै आरोप



काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपाल-खनाल समूहले सांसदको शपथविरुद्ध बेइमानी गरेको आरोप लगाएपछि त्यसको जवाफ पार्टीबाट निष्कासित नेता भीम रावलले दिएका छन्।

उनले ट्वीटरमार्फत जवाफ दिँदै ओली नै अनुशासनहीन र अराजक नेता भएको बताएका हुन्। आइतबार बालुवाटारमा भएको कार्यक्रममा ओलीले माधवकुमार नेपाल र झलनाथ खनाल समूहले अनुशासनहीन काम गरेको बताएका थिए। जवाफमा रावलले लेखेका छन्, ‘प्रम केपीले एउटा भेलामा पार्टीका नेता अनुशासनहीन र अराजक भएको भन्नु भएछ। हो, पार्टीको निर्वाचित कमिटी नमान्ने अधिवेशनबाट निर्वाचित कमिटीलाई भताभुङ पारेर गुटका मानिस भर्ती गर्ने र जे मन लाग्यो त्यही स्वेच्छाचारी, अनुशासनहीन र अराजक काम गर्ने नेता केपीजी नै हो।’

अनिष्ट काम समेत ओलीबाटै भएको रावलको आरोप छ। ‘राष्ट्रपतिसँग मिलेमतो गरी संविधान मिच्दै पटक-पटक प्रतिनिधिसभा भंग गर्ने, संवैधानिक परिषद्‍मा मनपरी गरी संवैधानिक अंगहरूलाई गुट राजनीतिमा धकेल्ने, विदेशी गुप्तचरसँग राति साउती गर्ने राष्ट्रहित विपरीत काम गर्ने र दुईतिहाइलाई अल्पमतमा झार्ने प्रम केपीले नै अनिष्टको काम गरेको ठहर्छ,’ उनले लेखेका छन्।