‘रअ’ र ‘आइबी’मा नयाँ प्रमुख नियुक्त : नेपालमा कस्तो असर पर्ला ? - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

‘रअ’ र ‘आइबी’मा नयाँ प्रमुख नियुक्त : नेपालमा कस्तो असर पर्ला ?



काठमाडौं –  भारतमा दुई शक्तिशाली गुप्तचर निकायका प्रमुख फेरिएका छन् । मोदी सरकारको दोश्रो इनिङ पछी भएको यो फेरबदललाई लिएर फरक तरिकाले विश्लेषण गरिएको छ ।

भारतीय मिडियाका अनुसार शक्तिशाली र मुख्य गुप्तचर निकायमा भारत सरकारले ‘रअ’ तथा ‘आइबी’मा नयाँ प्रमुखहरु नियुक्त गरेको हो ।

रिसर्च एन्ड एनलाईसिस विंग ‘रअ’मा सामन्त कुमार गोइल र इन्टलिजेन्स ब्युरो ‘आइबी’मा अविन्द कुमार नियुक्त भएका छन्।

गोइल सन् २००१ देखि रअमा आवद्ध छन्।  कुमार सन् १९९१ देखि आइबीमा आवद्ध छन्। गोइल र कुमारसँग बलियो गुप्तचरीय भएको अनुभव बताइएको छ ।

गोइल र कुमार एकै ब्याचका आइपिएस अफिसर हुन्। यद्यपी गोइल पन्जाब क्याडरमा आवद्ध थिए कुमार भने आसाम मेघालय क्याडरमा आवद्ध थिए।

रअका प्रमुख नियुक्त भएका गोइलले पाकिस्तानविरुद्ध जवाफी कारवाही गर्नमा गत फेब्रुअरी महिनामा महत्वपूर्ण भूमिका खेलेको जनाइएको छ। आइबी प्रमुख कुमारले यस अगाडि कास्मिर तथा माओवादी शसस्त्र गतिविधिका मुद्धा हेरेका छन्।

यो नियुक्तिलाई मोदी सरकारको महत्वपुर्ण कदमको रुपमा लिइएको छ । र छुट्टै बहस सृजना गरेको बताइएको छ । यस्तै जानकारका अनुसार नेपालमा पनि ‘रअ’ तथा ‘आइबी’को ठुलो प्रभाव भएकोले राजनीतिक तथा अन्य असर हुने बताएका छन् । यधपी कस्तो असर पर्ला भन्ने हाम्रो प्रश्नमा जानकार बोल्न चाहेनन् ।