रौतहटमा तस्कर र सशस्त्र प्रहरीबीच दोहोरो भिडन्त, एक भारतीय पक्राउ - Himal Post Himal Post
  • १७ फाल्गुन २०८१, शनिबार
  •      Sat Mar 1 2025
Logo

रौतहटमा तस्कर र सशस्त्र प्रहरीबीच दोहोरो भिडन्त, एक भारतीय पक्राउ



रौहतट : रौतहटको सीमा क्षेत्र सोनरनियमा सशस्त्र प्रहरी र तस्करीबीच दोहोरो भिडन्त भएको छ। बुधबार बिहान १ बजे तस्करले भारतबाट अबैधरुपमा समान भित्राएको थाहा पाएपछि बोर्डर आउट पोष्ट सरमजुवा र तस्करबीच दोहोरो भिडन्त भएको सशस्त्र प्रहरी निरीक्षक सुन्दर श्रेष्ठले जानकारी दिए।

भिडन्तमा सशस्त्र प्रहरी एक राउण्ड फाइरिङ समेत गरेको शसस्त्र प्रहरी निरीक्षक श्रेष्ठले बताए। गोली चलेपछि तस्कर भागेका थिए। सशस्त्र प्रहरीले एक जना भारतीय नागरिकसहित विभिन्न समान बरामद गरेको छ।

भारतीय नागरिक विकाश कुमार भन्नेलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ। सशस्त्र प्रहरीले सो स्थानबाट समान तस्करी गर्न प्रयोग गरिने चार थान भारतीय नम्बरको मोटर साइकलसहित पाँच लाख मूल्य बराबरको समान बरामद गरेको सशस्त्र प्रहरी निरिक्षक श्रेष्ठले जानकारी दिए।