सीके राउतविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं- डा. सीके राउतविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत नवलपरासीले राउतविरुद्व पक्त्राउ पुर्जी जारी गरेको हो
।
सीके राउतले राज्य विरुद्धको संगठित अपराध गरेकाले पक्राउ पुर्जी जारी गरेको बारे गोरखापत्रमा सुचना निकालिएको छ । राउतको घर पत्ता नलागेको भन्दै जिल्ला अदालतले गोरखापत्रमा सार्वजनिक सूचना प्रकाशित गरेको हो।
राउत विरुद्धको मुद्दामा म्याद तामेली हुन नसकेपछि जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो । जिल्ला अदालतले सार्वजनिक सूचनामा ३५ दिनभित्र अदालत उपस्थित हुन निर्देशन दिएको छ ।
सरकारसँग सहमतिमा आउनुअघि राउतमाथि राज्य विरुद्धको अपराधमा मुद्दा दायर भएको थियो ।