मुख्यमन्त्री राउतले खेलाडीको बारेमा किन यस्तो भने ? - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

मुख्यमन्त्री राउतले खेलाडीको बारेमा किन यस्तो भने ?



पर्सा : प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले खेलकुदको विकासका लागि राज्यले आवश्यक लगानी नगर्दा प्रतिभावान खेलाडीसमेत खेल जीवनबाट पलायन हुन बाध्य भएको बताएका छन्।

 

पर्साको जिराभवानी गाउँपालिकामा शनिबारदेखि शुरु भएको छैटौँ परसावा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

‘खेलकुदमा लागेका युवा र तिनका आश्रित परिवारको भविष्यको सुनिश्चित नभएका कारण अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हासिल गर्ने प्रतिभा भएका खेलाडी बाध्य भएर खेलजीवन त्याग्ने गरेको देखिन्छ’, उनले भने।

यसैगरी मुख्यमन्त्री राउतले शनिबार नै सखुवाप्रसौनी गाउँपालिकामा सञ्चालित भलिबल प्रतियोगिताको समापन अवसरमा बोल्दै आउँदो तिहार भित्रै करार विधेयक ल्याउन प्रदेश सरकार तयारी गरिरहेको जानकारी गराएका छन्। रासस