राष्ट्रपति भण्डारी विरुद्ध सर्वोच्चमा रिट दायर - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

राष्ट्रपति भण्डारी विरुद्ध सर्वोच्चमा रिट दायर



काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ। सर्वोच्च अदालतका प्रधानन्यायाधीशका रुपमा पदावधि नै नभएको व्यक्तिसँग सपथ लिएको भन्दै राष्ट्रपति भण्डारीको सपथ विरुद्ध रिट दायर भएको हो।

राष्ट्रपति भण्डारीले निवर्तमान प्रधानन्यायाधीश गोपाल पराजुलीसँग सपथ लिएकी थिइन्। राष्ट्रपति भण्डारीलाई सपथ गराउने दिन फागुन २९ बिहान नै पराजुलीको साउन २१ यताको पदावधि अवैधानिक भएको भन्दै न्यायपरिषद्ले पदमा नरहेको भनी पत्र पठाएको थियो। यद्यपि, राष्ट्रपति भण्डारीले सोही दिन सपथ लिएकी थिइन्।

चैत ४ मै अधिवक्ता नारायण खरेल र हेममणि सुवेदीले सर्वोच्चमा पेश गरेको रिट निवेदन बुधबार मात्र दायर भएको हो