विप्लवलाई सरकारको रातो कार्पेट ! - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

विप्लवलाई सरकारको रातो कार्पेट !



नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका सम्पूर्ण गतिविधिमा रोक लगाएको सरकारले हिंसात्मक गतिविधि त्यागेर आए वार्ताका लागि सिंहदरवारमा रातो कार्पेट ओछ्याउने भएको छ ।

मन्त्रिपरिषदले गरेका निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री गोकुल बाँस्कोटाले हिंसात्मक गतिविधि त्यागेर आए वार्ताकालागि आफुहरुले रातो कार्पेट बिछ्याउने बताए । ‘हामी विप्लव समुहलाई दश औला जोडेर रातो कार्पेट ओछ्याएर बिन्ती गर्छौ हिंसात्मक गतिविधि छोडेर बार्तामा आउनुहोस,’ पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले भने।

उनले विप्लव नेतृत्वको पार्टीलाई सांगठानिक अपराध ऐन २०७० र मुलुकी फौजदारी संहिता आकर्षित हुने फौजदारी गतिविधि गरेका कारण उसका गतिविधिमा प्रतिवन्ध लगाएको बताए ।

उनले विगतमा विप्लव समुहसँग वार्ताको प्रयास गरेको तर सकारात्मक नभएको बताउदै हिंसात्मक गतिविधि गर्ने राजनीतिक दल हुन नसक्ने दावी गरे । विप्लव निर्वाचन आयोगमा दर्ता नभएका कारण राजनीतिक दल हुनै नसक्ने उनको जिकिर छ ।

यसैवीच, सरकारले आफुसँग भएका अवैध हतियार ३५ दिन भित्र वुझाए सरकारले कारवाही नगर्ने निर्णय गरेकोपनि बताए । सो अवधिमा हतियार वुझाउनेलाई राज्यले कुनैपनि कारवाही नगर्ने भन्दै उनले सबैलाई हतियार बुझाउन आव्हानपनि गरे ।