रसुवागढी–काठमाडौं रेलमार्ग बनाउन २ खर्ब ५७ अर्ब - Himal Post Himal Post
  • ९ आश्विन २०८१, बुधबार
  •      Wed Sep 25 2024
Logo

रसुवागढी–काठमाडौं रेलमार्ग बनाउन २ खर्ब ५७ अर्ब



काठमाडौं । केरुङ–काठमाडौं रेलमार्गअन्तर्गत पर्ने रसुवागढी–काठमाडौं रेलमार्ग निर्माण गर्न कुल २ खर्ब ५७ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ ।

केरुङ–काठमाडौं रेलमार्गको विस्तृत सम्भाव्यता प्रतिवेदनले यस्तो अनुमान गरेको रेल विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायले बताए । प्रतिवेदनका आधारमा रेलमार्ग बनाउन प्रतिकिलोमिटर ३ अर्ब ३३ करोड रुपैयाँ लाग्ने देखिएको छ ।

प्रतिवेदनले रसुवागढी–काठमाडौं ७२.२५ किमि रेलमार्गमध्ये ९८ दशमलव ५ प्रतिशत पुल र सुरुङ रेलमार्गको हिस्सा हुने देखाएको छ । करिब ९ वर्षमा निर्माण सम्पन्न गर्न सकिने उक्त रेलमार्गका लागि वार्षिक २८ अर्ब ५५ करोड रुपैयाँ विनियोजन गर्नुपर्ने उनको भनाइ छ ।

रेलमार्गबारे विस्तृत अध्ययन प्रतिवेदन तयार गर्न गत वैशाखमा चिनियाँसँग सम्झौता भएको थियो । चाइना रेल्वे फस्ट सर्भे एन्ड डिजाइन इस्टिच्युटले उक्त अध्ययन प्रतिवेदन तयार पारेको हो ।

त्यसअघि चाइना नेसनल रेल्वेका उपप्रशासकको नेतृत्वमा आएको टोलीले रसुवागढीदेखि लुम्बिनीसम्मको रेलमार्ग सम्भाव्यताबारे अवलोकन गरेर फर्किएको थियो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।फाइल तस्बिर :