राष्ट्रिय उपाध्यक्षमा धिरज शाहीको चर्चा
बौनिया,कैलाली । नेपाल जेसीजको चितवनको रत्ननगरमा हुने ४६ औ महाधिवेशनमा बौनिया जेसीज वर्ष २०१९ का सफल अध्यक्ष जेसी धिरज शाहीको चर्चा चुलिदै गएको छ ।
बौनिया जेसीज स्थापना काल देखिनै आवद्ध शाहीले यस वर्ष राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । शाही सानै उमेर देखि नेतृत्व गर्न विभिन्न सामाजिक संघ संस्थामा आवद्ध रहदै आएका छन् ।
उनले बौनिया जेसीजमा रहेर यहाका युवाहरुलाई जेसीजमा लाग्न प्रेरीत गरेका छन् । शाही सानै उमेरबाट खेलखुद, टेक्निकल र समाज सेवामा विशेष रुचि राख्दै अगाडी बढेर आज नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेदवारी दिन सफल भएका हुन ।
१९ वर्षको उमेरदेखि जेसीज अभियानमा होमिएका शाहीले बौनिया जेसीजमा आज यस क्षेत्रका हरेक युवाहरुलाई जेसीज अभियानमा मात्र जोडेनन उनले, यहाका युवाहरुसग एउटा मित्रता र भातृत्वको सम्बन्धलाई स्थापित गर्न सफल बनेका छन । बौनिया जेसीजको स्थापना कालदेखि पुर्व अध्यक्ष ज्युहरुलाई सहयोग गर्दै बिभिन्न पदमा रहदै वर्ष २०१९ मा बौनिया जेसीजको अध्यक्ष बन्न सफल भई अहिले समाजमा जेसीज प्रति युवा, बाल बालिका, जनप्रतिनिधि देखी सबै जनमानसको आस्था बिस्वास र भरोसाको वातावरण सृजना गर्न सफल भएका छन् ।
सानै उमेरमा व्यवसायिक क्षेत्रमा लागेर शाहीले अहिले एन.के.डि.जे. ग्रुप द्धारा संचालित एन.के.डि.जे कम्प्युटर संचालन गरेर कम्प्युटर विक्रि वितरण गर्ने व्यवसाय संचालन गर्दै आएका छन । व्यवसाय र जेसीजलाई एकै सिक्काका दुई पाटा सम्झिएर साथै लिएर हिडेका शाहीले यो अवधीमा थुप्रै ज्ञान र अनुभव बटुल्ने अवसर प्राप्त गरेका छन ।
सबै संग मीठो बोल्ने स्वभावका र समाजमा थुप्रै सामाजिक मानबिय कार्य गर्दै आएका शाहीले जेसिज मार्फत समाजमा आफनो छुट्टै पहिचान बनाउन सफल भैसकेका छन ।
बौनिया जेसीजको पहिलो प्रस्तुतीका रुपमा रहेका शाही छिमेकि शाखाहरुको सुख दुखमा साथ दिइ भाइ चारा बन्दुत्वको भावना सगैं सेवा भाब दिदै आएका उनि नेपाल जेसिज वर्ष २०२० का लागी राष्ट्रिय उपाध्यक्ष पदको उम्मेद्बारी मध्यकै एउटा बलियो उम्मेद्बारीको रुपमा लिइएको पाइएको छ ।
सम्भव त नेपाल जेसीजको यात्राका रुपमा वर्ष २०२० का लागी उम्मेदवारी रहेका मध्य सवै भन्दा कान्छा उम्मेद्वारका रुपमा पनि हेरीएकाले उनको चर्चा बढ्दै गएको हो ।