राष्ट्रिय मानव अधिकार आयोगद्धारा सहारा घर अवलोक  - Himal Post Himal Post
  • ५ माघ २०८२, आईतवार
  •      Sun Jan 18 2026
Logo

राष्ट्रिय मानव अधिकार आयोगद्धारा सहारा घर अवलोक 



बिरेन्द्र शाह / सुखड ।
कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेको असहायका लागि सहयोगी हातहरू, नेपालद्वारा सञ्चालित सहारा घरको राष्ट्रिय मानब अधिकार आयोग प्रदेश नम्बर ७ कार्यलयले अवलोकन गरेको छ ।

राष्ट्रिय मानब अधिकार आयोग प्रदेश नम्बर ७ का कार्यलय प्रमुख दिपक जंग ध्वाज कार्की ,उप सचिब पवन भट्ट र निड्स नेपालका प्रतिनिधि सरस्वति मल्ल लगायतका टोलीले सहारा घरको अवस्थाको बारेमा बुझेका थिए । राष्ट्रिय मानव अधिकार आयोग टोलीले सहारा घरको क्रियाकलाप तथा संस्थाका समस्याबारे जानकारी पनि लिएका थिए । सो अवसरमा संस्थाका अध्यक्ष बलबहादुर बिष्टले घर परिवार बाट अपहेलित,असाय,घर परिवारबिहीन तथा अवहेलनामा परेका सहाराबिहीनहरूको स्याहार सुसार गर्ने व्यक्तिहरुलाई सहारा दिएको बताएका छन ।

२०७० सालमा एक मानसिक रोगी किसोरी बाट सुरु भएको साहारा घरमा अहिले सम्म २७ जनालाई साहारा दिईरहेको बताए ।२१ जनालाई घर पत्ता लगाई पुरन मिलन गराएको बताउनु भयो । राष्ट्रिय मानब अधिकार आयोग टोली सगँ उहाँले मनोसामाजिक परामर्शका लागि कुशल परामर्शदाताको अभाव रहेको, नियमित रूपमा स्वास्थ्य परीक्षणका लागि स्वास्थ्यकर्मीको अभाव, शुद्ध पिउने पानीको अभाव, असहाय महिला र पुरुषलाई अलग अलग कक्षमा राखेर हेरचाह गर्ने घरको अभाव रहेको, शिकिस्त विमारी भएको अवस्थामा अस्पतालसम्म पुर्याउन एम्बुलेन्सको अभाव रहेको लगायतका समस्या राख्नु भएको थियो । साथै अध्यक्ष बिष्टले आफुले यस्तो काम गरीहरदा कतै मानब अधिकार त उल्लधन गरेको छैन भनेर आफ्नो जिज्ञाषा पनि राख्नु भएको थियो ।

सो अवसरमा राष्टिय मानब अधिकार आयोग प्रदेश नम्बर ७ का कार्यलय प्रमुख दिपक जंग ध्वाज कार्कीले मानब अधिकार उल्धन नगरेको बताउनु भयो । असहायका लागि सहयोगी हातहरू, नेपालद्वारा सञ्चालित सहारा घरले ठुलो महत्वपुर्ण काम गरेको बताउदै कार्कीले आफुले गर्न सक्ने सबै ठाउँमा आफ्नो सहयोग रहने बताउनु भयो ।काम गर्ने साहारा घरलाई कैलालीका प्रत्येक नगरपालिका तथा गाउँ पालिकाहरु,बिभिन्न संंघ संंस्थाहरु,नागरीक समाज लगायतहरुले सहयोग गर्नु पर्नेमा जोड दिएका थिए । अधिकार पाउनको लागी लढ्नु पर्ने,सबै नागरीकहरुले हातेमालो गर्नु पर्ने कुरा पनि बताउनु भएको थियो ।