राष्ट्रिय सभा सदस्य उज्जवलाई क्रान्तिकारी अर्घाखाँचीद्धारा सम्मान - Himal Post Himal Post
  • २६ माघ २०८१, शनिबार
  •      Sat Feb 8 2025
Logo

राष्ट्रिय सभा सदस्य उज्जवलाई क्रान्तिकारी अर्घाखाँचीद्धारा सम्मान



सन्धिखर्क । अखिल क्रान्तिकारी जिल्ला कार्य समिती अर्घाखाँचीले राष्ट्रिय सभा सदस्यमा निर्वाचित चन्द्रबहादुर खड्का उज्जालाई एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ ।

अर्घाखाँची जिल्लामा रहेर विगत लामो समयदेखि नेकपा माओवादी केन्द्रको नेतृत्वमा रही काम गर्नुभएका उज्जल ५ नम्बर प्रदेशबाट राष्ट्रिय सभामा निर्वाचित भएका थिए । पार्टीको केन्द्रिय सचिवालय सदस्य तथा अर्घाखाँची जिल्लाका इन्चार्ज उज्जवलाई क्रान्तिकारी अर्घाखाँचीले सम्मान तथा वधाई ज्ञापन गरेको जिल्ला अध्यक्ष लक्ष्मण खड्काले जानकारी दिए ।

कार्यक्रममा अखिल क्रान्तिकारीाक केन्द्रिय सचिव तथा ५ नम्बर प्रदेश संयोजक नारायण खनाल, केन्द्रिय सदस्य राजेन्द्र प्रसाद आचार्य (राजन), जिल्ला संयाजक लक्ष्मण खड्का लगाएतको उपस्थित रहेको थियो ।