२०७५ माघ ९, बुधबार

राष्ट्रपति र राजा उस्तै हुन् ?

January 9, 2019
132 Views
Spread the love
  • 501
    Shares

-बबिता बस्नेत

सात वर्षअघिको कुरा हो, गौशाला वरपर धेरैबेरसम्म ठूलो जाम भयो । चर्को गर्मीको त्यो जामबारे कसैले ट्राफिक प्रहरीलाई सोध्यो– केको जाम हो यो ?‘ सवारी छ’ भन्ने जवाफपछि प्रश्नकर्ता जङ्गिए, राजा त हटिसके त, केको सवारी नि ? ट्राफिकले उनको जवाफलाई नसुनेझैँ गरी आफ्नो काम गरिरहे । गणतन्त्र दिवस या यस्तै कुनै समारोहमा भाग लिनका लागि तत्कालीन उपराष्ट्रपति परमानन्द झा गौरीघाटबाट टुँडिखेलतर्फ जाँदै रहेछन्, उनैका लागि बाटो छेकिएको रहेछ । मानिसहरू यति रुष्ट थिए कि तिनै ट्राफिकलाई हेर्दै एक बाइकवाला कराए– कसैले गोलीको नास गर्नेवाला छैन हौ के गरेको यस्तो ? अहिले पनि सवारीका नाममा हुने जामहरूमा सर्वसाधारणको नराम्रो गाली खानेमा ट्राफिक प्रहरी नै पहिलो नम्बरमा पर्छन् । तामझामहरू हेर्दा यस्तो लाग्छ, मुलुकको सिस्टमबाट राजा गए, राजसंस्था गयो, तर ‘राज’ गएन ।

राष्ट्रपति कतै जाँदा सुरक्षाकर्मीहरूले कोही नजिक आउलान् कि भनेर यसरी छेकबार गर्छन् कि मानौँ उहाँले सर्वसाधारणसँग नजिक भएर बोल्नै मिल्दैन । हिजो राजालाई जे गर्ने गरिएको थियो त्योभन्दा कैयौँ गुणा बढी गरेर राष्ट्रपतिलाई खोपीको देउताझैँ बनाउने गरिएको छ । जसका कारण राष्ट्रपति पटकपटक विवादमा पनि आउनुभएको छ । राष्ट्रपतिले पाउनै नपर्ने कुरामा चर्चा पाएका घटनाहरूको फेहरिस्त लामो छ । सप्तरीको छिन्नमस्ता मन्दिरमा आफू र छोरीको जुत्ता नेपाली सेनाका सिपाहीले बोकेको फोटो सार्वजनिक भएपछि धेरैलाई नेपाली सेनाको नाममा आफूले तिरेको ट्याक्स जुत्ता बोक्न होइन भन्ने लाग्यो । दशैँमा पूर्वप्रधानन्यायाधीशले घुँडा टेकेर टीका लाउँदाको तस्बिरले त्यत्तिकै चर्चा पायो ।

गाडीदेखि हेलिकोप्टरसम्मको खरिद अहिलेसम्म चर्चामै छन् । विदेशबाट फर्कंदै गर्दा केही हवाईजहाजलाई अकाशमैँ घुमाइरहन बाध्य पारिएको कुरामा पनि सर्वसाधारणले लौन त्यस्तो किन गर्नुपरेको होला ? भनी प्रश्न गरे । हेलिकोप्टरबाटै सामूहिक खेतीको अवलोकन पछिल्लो चर्चाको विषय बन्यो । राष्ट्रपतिलाई लिएर अहिले जे–जे भइरहेको छ के ती सबै राष्ट्रपति आफैंले चाहेर भइरहेका छन् ? अवश्य नै नहोला । हाम्रो सुरक्षा प्रणालीले राजा र राष्ट्रपतिबीचको फरक नबुझिदिँदा राष्ट्रपतिले जनस्तरबाट आलोचना व्यहोर्नुपरेको छ । यद्यपि यो बहसमा राष्ट्रपतिले स्वविवेक प्रयोग गर्नुपर्ने धारणा राख्नेहरू पनि छन् ।राजा र राष्ट्रपतिको सबैभन्दा ठूलो फरक भनेको राष्ट्रपति जोसुकै भए पनि कहिल्यै राजा बन्न सक्दैनन्, तर समय परिस्थितिले राजालाई राष्ट्रपति बनाइदिन पनि सक्छ ।

राजा र राष्ट्रपति उस्तै हुन् ? कसैले यो प्रश्न गऱ्यो भने कस्तो राजा र कस्तो राष्ट्रपति ? भनी छुट्याएर हेर्नुपर्ने हुन्छ । बेलायत या थाइल्यान्डको जस्तो राजा कि भुटानको जस्तो ? अमेरिकाको जस्तो राष्ट्रपति कि भारतको जस्तो ? जहाँको भए पनि राजा र राष्ट्रपतिमा मूलभूत फरक विशेषताहरू हुन्छन् । जसका कारण राजा या रानी (बेलायतलगायत अन्य केही राष्ट्रमा छोरा या छोरी जो भए पनि पहिलो सन्तानले राजगद्दी सम्हाल्ने परम्परा छ) र राष्ट्रपतिबीच ठूलो भिन्नता हुन्छ । यी दुवैलाई एउटैजस्तो गरी व्यवहार गर्न मिल्दैन ।

राष्ट्रपति नै बन्छु भनेर कोही हुर्किएको हुँदैन । जनतामा भिजेर काम गर्दै जाँदा जनताकै माझबाट राष्ट्रपति हुने हो र फर्कने पनि जनतामाझ नै हो । तर, राजालाई राजा बन्नकै लागि हुर्काइएको हुन्छ । खाने, बोल्ने, हिँड्नेदेखि अदपसम्मका आफ्नै तौरतरिकाहरू सबै राजाका उस्तैउस्तै हुन्छन् । बाल्यकालदेखि नै वरिपरि सुरक्षाघेरामा हुर्किएकाले सुरक्षाको तामझाम राजाको सवालमा जति स्वाभाविक लाग्छ राष्ट्रपतिको सवालमा लाग्दैन । जनतामाझबाट आएका जनताका सन्तानका लागि त्यति धेरै गरिरहनु पनि पर्दैन । कुनै कार्यक्रममा जाँदा कसैसँग बोल्नै नहुने, फोटो खिच्न खोज्दा परैबाट रोक्नुपर्ने आवश्यकता राष्ट्रपतिको सवालमा देखिँदैन ।
आज विद्या भण्डारी राष्ट्रपति हुनुहुन्छ, भोलि अरू कोही आउला, जो आए पनि जनतामाझबाटै आउने हो । प्रत्यक्ष निर्वाचनबाट नआए पनि निर्वाचित भएर आएकाहरूले चुन्ने हो । प्रतिस्पर्धाबाट आएका मानिस र धार्मिक, सांस्कृतिक महत्वकी कुमारीबीचको फरक सुरक्षा संयन्त्रले छुट्याउन सक्नुपर्छ । जनतामाझबाट आएका राष्ट्रपति इन्द्रजात्राका कुमारी हुन सक्दैनन् । राजा र राष्ट्रपतिको सबैभन्दा ठूलो फरक भनेको राष्ट्रपति जोसुकै भए पनि कहिल्यै राजा बन्न सक्दैनन्, तर समय परिस्थितिले राजालाई राष्ट्रपति बनाइदिन पनि सक्छ ।
वंशीय परम्पराबाट आउने हुनाले राजाले पदका लागि कसैसँग भोट माग्नुपर्दैन, दुश्मनी गर्नुपर्दैन, समान व्यवहार गर्न सक्छन्, तर राजनीतिक पृष्ठभूमिबाट आउनेहरूले प्रतिस्पर्धाका क्रममा कतिलाई खुसी र दुःखी दुवै बनाएका हुन सक्छन् । लड्दै, उठ्दै आएका हुनाले प्रायः राजनीतिकर्मीहरूको इतिहास अनेक कथा, व्यथासँग जोडिएको हुन्छ । राष्ट्रप्रमुख हुनासाथ तिनले आफ्नो सबै विगत बिर्सन सम्भव छैन र बिर्सनुपर्छ भन्ने पनि छैन । निश्चित समयावधिका लागि राष्ट्रप्रमुख हुने हुनाले राष्ट्रपतिले नागरिकहरूसँगको व्यवहारमा विचार पुऱ्याउनुपर्ने हुन्छ ।

राजा जन्मको आधारमा हुने र राष्ट्रपति मतको आधारमा हुने भएकाले पनि राष्ट्रपतिले आफूप्रति जनमत सकारात्मक बनाइराख्नु आवश्यक हुन्छ । राजा र राष्ट्रपति दुवैको समानताचाहिँ के हो भने दुवै राष्ट्रप्रमुख हुन् ।
राष्ट्रपतिका रूपमा हिजो शीतलनिवासमा रहँदा सामान्य व्यवहार नदेखाउनुभएको भए आज ललितपुरको मलपोखरीमा मर्निङवाकमा भेटिने डा। रामवरण यादवलाई माक्स लगाएर दौडिरहेका मानिसले नमस्कार गर्ने थिएनन् होला । तर, राजालाई त पूर्व भए पनि मर्निङवाकमा भेट्न गाह्रै पर्छ । यद्यपि डा। यादवले दुःखसुख गरेर बनाएको मेरो आफ्नै घर छ, राज्यको घर भाडालगायतको खर्च मलाई चाहिँदैन भन्न सक्नुभएको भए पूर्वराष्ट्रपतिका रूपमा उहाँको उचाइ कति बढ्थ्यो होला जस्तो चाहिँ लागिरहन्छ । राजा जन्मको आधारमा हुने र राष्ट्रपति मतको आधारमा हुने भएकाले पनि राष्ट्रपतिले आफूप्रति जनमत सकारात्मक बनाइराख्नु आवश्यक हुन्छ । राजा र राष्ट्रपति दुवैको समानताचाहिँ के हो भने दुवै राष्ट्रप्रमुख हुन् ।

राष्ट्रप्रमुखको सुरक्षा सबैको चासोको विषय हो, तर सुरक्षाका नाममा अहिले जसरी राष्ट्रपतिलाई राजालाई झैँ व्यवहार गर्ने गरिएको छ त्यसबाट सर्वसाधारणमा चिडचिडाहट पैदा भएको देखिन्छ । यद्यपि, यसप्रकारको तामझाम गर भनेर राष्ट्रपति स्वयम्ले अह्राएको नभई सुरक्षा संयन्त्रको तजबिजमा यस्तो भइरहेको बुझ्न सकिन्छ । छिन्नमस्तामा जुत्ता बोक्नेदेखि शीतलनिवासमा कुर्सी हटाउनेसम्ममा सुरक्षा संयन्त्रकै हात छ । तर, आलोचना भने राष्ट्रपतिले खानुपरेको छ । राष्ट्रपतिलाई राजालाई जस्तै व्यवहार गरिदिँदाको परिणाम सुरक्षा संयन्त्रले नभएर राष्ट्रपतिले भोग्नु परिरहेको छ । जनतालाई दुःख हुने खालका व्यवहारबाट टाढा रहेर सामान्य रूपले हिँड्दा वातावरण स्वतः सहज हुन्छ । हिजो चुनाव लडेका व्यक्तिले आज राष्ट्रपतिको रूपमा सर्वसाधारणसँग देखभेट गर्दा, बोल्दा के बिग्रिन्छ ?

भारतमा विगतमा चुनाव नलडेका नितान्त व्यावसायिक व्यक्ति अब्दुल कालमले सधैँ सर्वसाधारणसँग नजिक भएर कार्यकाल बिताए । प्रतिभा पाटिलले कुनै कार्यक्रममा कसैसँग बोल्न खोज्दा त्यहाँका सुरक्षाकर्मीले रोकेको देखिएन । हामीकहाँचाहिँ राष्ट्रपतिलाई अर्कै ग्रहबाट आएकोझैँ किन गर्ने ? हाम्रा राष्ट्रपतिको सम्पूर्ण सुरक्षा नेपाली सेनाले लिन्छ । भ्रमणका लागि पनि सुरक्षाबाटै स्वीकृति लिनुपर्छ । कार्यक्रमहरू सुरक्षा संयन्त्रसँगै मिलेर बनाइन्छन् । झट्ट हेर्दा अहिले जे भइरहेको छ त्यो सब राष्ट्रपतिले मात्रै गरेकोजस्तो देखिए पनि उहाँको हातमा सबै कुरा हुँदैन । तर, अस्वाभाविकझैँ लाग्ने कतिपय कुरामा उहाँले पनि ‘नो’ भन्न सक्नुपर्छ । जतिसुकै गरे पनि राष्ट्रपति राजा हुन सम्भव छैन । खुकुलोसँग जनतासँग नजिक हुन दिएर राष्ट्रपतिलाई राजा बनाउने अभ्यासबाट सुरक्षा संयन्त्र पछि हट्नुपर्छ ।(घटना र विचार साप्ताहिकबाट)

Facebook Comments
  • 501
    Shares

You may be interested

बर्दगोरिया गाउँँपालिका स्तरिय संस्थागत विद्यालय खेलकुद प्रतियोगिता शुरु
खेलकुद
0 shares18 views
खेलकुद
0 shares18 views

बर्दगोरिया गाउँँपालिका स्तरिय संस्थागत विद्यालय खेलकुद प्रतियोगिता शुरु

विशाल पाण्डेय - २०७५, ९ माघ १८:२६

बौनिया ,कैलाली । बर्दगोरिया गाउँँपालिका स्तरिय संस्थागत विद्यालय  खेलकुद प्रतियोगिता आजबाट शुरु भएको छ । बर्दगोरिया संस्थागत बिधालय संगठन (विप्सा)…

मेरी श्रीमतीले नुहाउँदिन मलाई  डिभोर्स चाईयो
बिचित्र संसार
0 shares160 views
बिचित्र संसार
0 shares160 views

मेरी श्रीमतीले नुहाउँदिन मलाई डिभोर्स चाईयो

himal post - २०७५, ९ माघ १७:५६

काठमाडौं — भारतको बिहारमा रहेको मसौढीमा एक पतिले पत्नीमाथि अनौठो आरोप लगाएर डिभोर्सको निवेदन दिएका छन् । पतिका अनुसार, पत्नी…

गोविन्द केसीको माग बदलिएन तर योगेश भट्टराईको स्वार्थ बदलियो :कांग्रेस नेता विश्वकर्मा
राजनीति
0 shares55 views
राजनीति
0 shares55 views

गोविन्द केसीको माग बदलिएन तर योगेश भट्टराईको स्वार्थ बदलियो :कांग्रेस नेता विश्वकर्मा

himal post - २०७५, ९ माघ १७:३१

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता, पूर्वमन्त्री एवम् सांसद मिन विश्वकर्माले अनशनरत डाक्टर गोविन्द केसीको माग नबदलिएको तर…