राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई पुनः दोहोर्‍याउने एमालेको निर्णय - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई पुनः दोहोर्‍याउने एमालेको निर्णय



काठमाडाैं /नयाँ पत्रिका। राष्ट्रपतिमा विद्यादेवी भण्डारी दोहोरिने निश्चितप्रायः भएको छ । सत्तारुढ दल एमालेको स्थायी समितिको बैठकले भण्डारीलाई थप पाँच वर्षका लागि दोहोर्‍याउने निर्णय गरेको हो । प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबार दिउँसै सुरु भएको बैठक राति १२ बजेसम्म बसेको थियो ।

अध्यक्ष ओलीको समूह भण्डारीलाई नै दोहोर्‍याउने पक्षमा थियो भने एमाले पूर्वअध्यक्ष झलनाथ खनालले पनि राष्ट्रपति उम्मेदवारमा दाबी गरेपछि निर्णय गर्न कठिन भएको थियो । भण्डारी र खनालको पक्षमा स्थायी समितिमा लगभग बराबरीजस्तै सदस्य उभिएका थिए । त्यसैले नेताहरू मध्यरातसम्म बैठकमा थिए ।

उम्मेदवार दर्ता बुधबार हुनेछ । एमालेको तर्फबाट राष्ट्रपतिको उम्मेदवार बन्ने भण्डारी माओवादीको समर्थनमा सजिलै राष्ट्रपति बन्न सक्नेछिन् । निर्वाचन २९ फागुनमा हुँदै छ ।