राष्ट्रपति भण्डारीलाई भारतीय समकक्षी प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा स्वागत - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

राष्ट्रपति भण्डारीलाई भारतीय समकक्षी प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा स्वागत



नयाँ दिल्ली /बैशाख ५ 

राष्ट्रपति विद्यादेवी भण्डारीलाई भारतीय समकक्षी प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका छन् ।

राष्ट्रपति भण्डारीको स्वागतका लागि राखिएको ‘गार्ड अफ अनर’ कार्यक्रममा भारतीय समकक्षी मुखर्जी र प्रधानमन्त्री मोदीले स्वागत गरेका हुन् ।
राष्ट्रपति भण्डारीले राष्ष्ट्रपति भवनमै भएको कार्यक्रममा आफ्नो भ्रमणले दुई देशबीचको सम्बन्ध अझै प्रगाढ बन्नेमा आफु विश्वस्त रहेको बताएकी थिइन् ।

राष्ट्रपति भण्डारीको भारत भ्रमणको औपचारिक भेटघाट कार्यक्रम आजै सकिनेछ । बुधबार र विहीबार उनी दिल्ली बाहिर रहनेछिन् ।