राष्ट्रपतिकी कान्छी सुपुत्रीको शुभ विवाह आज सम्पन्न - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

राष्ट्रपतिकी कान्छी सुपुत्रीको शुभ विवाह आज सम्पन्न



काठमाडौँ, माघ ३ गते। राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी सुपुत्री डा निशाकुसुम भण्डारीको शुभ विवाह आज सम्पन्न भएको छ ।

राष्ट्रपति निवास शीतल निवासमा इन्जिनियर अभिषेक यादवलाई भण्डारीले बिहान १० बजे स्वयम्वरको माला लगाइदिनुभयो ।
विवाह समारोहका लागि दुलहा आफ्ना पिता इन्जिनियर मुनीलाल, माता सांसद किरण यादवलगायत आफन्तका साथ शीतल निवास आउनुभएको थियो । विवाह समारोहमा राष्ट्रपति भण्डारी एवम् उहाँका परिवार र आफन्तजनको सहभागिता थियो ।

सो अवसरमा शुभकामना एवम् आशीर्वाद दिन परिवारजन, आफन्तजन तथा आमन्त्रित महानुभावको समेत उपस्थिति थियो । रासस