राष्ट्रपतिको सरकारलाई सुझाव खेलाडीलाई सम्मान गर्नुहोस् - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

राष्ट्रपतिको सरकारलाई सुझाव खेलाडीलाई सम्मान गर्नुहोस्



काठमाडौँ । खेलकूद प्रदर्शन गर्न खेलाडी जगतलाई सम्मान गर्न सरकारलाई सुझावविद्यादेवी भण्डारीले सरकारले खेलाडीको क्षमता विकास, सुरक्षा र जीवन निर्वाहको सुनिश्चितता प्रदान गर्नुपर्ने बताएकी छन् ।

राष्ट्रपतिको कार्यालयले नेपाली राष्ट्रिय क्रिकेट टोलीको सम्मानमा आज शीतल निवासमा आयोजना गरेको समारोहमा राष्ट्रपति भण्डारीले राष्ट्रलाई केन्द्रविन्दुमा राखी खेलकूद प्रदर्शन गर्न खेलाडी जगतलाई सम्मान गर्न सरकारलाई सुझाव दिइन् ।

‘सन् २०१८ मा जिम्बावेमा सम्पन्न विश्वकप छनोट प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट टोलीले उत्कृष्ट प्रदर्शनी गरेकामा व्यक्तिगत रुपमा म र नेपाली जनता हर्षित छौँ’, राष्ट्रपति भण्डारीले भनिन् ।

राष्ट्रपति भण्डारीले जीवनको कुनै पर्वाह नगरी राष्ट्र र नेपाली झण्डालाई उच्च राख्न गरेको क्रिकेट खेलाडीको प्रयत्नले विश्वमा नेपालको नाम चम्किदैँ गएको उल्लेख गर्दै खेलाडीको इमान्दारीले राष्ट्रको इज्जत र गौरव उच्च हुने हुँदा त्यसतर्फ लगनशील भई अगाडि बढ्न आग्रह गरिन् ।

सन् २०१८ अगष्टमा जिम्वावेमा सम्पन्न विश्वकप छनोट प्रतियोगिता (आइसिसी०मा नेपाली क्रिकेट टोलीलाई एकदिवसीय मान्यता प्राप्त भएको थियो । सो छनोट प्रतियोगितामा एक दिवसीय खेलमा नेदरल्याण्ड्ससँग एक खेल जीतसँगै बराबरी गरी क्रिकेट टोली नेपाल फर्किसकेकोे छ ।