राष्ट्रपति भण्डारीलाई ‘विलासी’ गाडी किन्न १८ करोड - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

राष्ट्रपति भण्डारीलाई ‘विलासी’ गाडी किन्न १८ करोड



काठमाडौं । सरकारले सेनामार्फत राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘विलासी’ गाडीको सेट नै खरिद गर्ने भएका छन् ।

औपचारिक कार्यक्रममा जाँदा चढ्ने, औपचारिक रुपमा उपयोग गर्ने, सुरक्षा अधिकारीले प्रयोग गर्नेसहित आठ गाडी किन्ने तयारी छ ।

२०७४ असारमै गाडी खरिद प्रक्रिया अघि बढेको एक अधिकारीले बताएका छन् । राष्ट्रपति चढ्ने गाडी बाटैमा रोकिएको र सुरक्षामा समेत समस्या देखिन थालेको भन्दै नयाँ किन्न लागिएको समाचार अन्नपूर्ण पोस्ट्को पहिलो पृष्ठमा समाचार छ ।

दुईतिहाइ बहुमतको सरकारलार्ई चुनौती दिन प्रतिपक्षी दल चुस्त र गतिशील हुनुपर्ने हो । तर कांग्रेसको चाल त्यस्तो छैन । पछिल्लो समय त उसलाई केन्द्रीय समिति बैठक बस्नै हम्मे परिरहेको छ ।

२१ असोजको बैठकमा सहमहामन्त्री डा. प्रकाशशरण महतले नेविसंघमा ३२ वर्षे उमेरहद लागू गर्ने प्रस्ताव ल्याए । त्यसपछि केही नेताहरुले ‘नोट अफ डिसेन्ट’ लेखे । नेताहरु बीच २५ असोजमा बोलाएको बैठक स्थगन गरियो । त्यसपछि मंसिर १ गते बस्ने भनिएको बैठक नेविसंघको प्रर्दशनले बस्न नसकेको समाचार पनि छ ।

त्यस्तै साल्ट टे«डिङले मात्र बिक्री गर्न पाउने भानु नुन बाजुरा सदरमुकाममा डिपोका कर्मचारीले व्यापारीसँग कमिसन लिएर नुन बिक्री गरिरहेका छन् । अनुदानको नुनमा कालोबजारी भन्ने शीर्षकमा समाचार छ ।