विश्वकप क्रिकेटमा सर्वाधिक रन दिने खेलाडी बने रासिद खान - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

विश्वकप क्रिकेटमा सर्वाधिक रन दिने खेलाडी बने रासिद खान



एजेन्सी । विश्वकप क्रिकेटमा अफगान बलर रासिद खानले अहिलेसम्मकै बढी रन दिएका छन् । उनी विश्वकप क्रिकेटमा सर्वाधिक रन दिने खेलाडी बनेका छन् । समग्रमा एक दिवसीय क्रिकेटमा खान तेस्रो स्थानमा रहेका छन् ।

ईङ्गल्याण्ड विरुद्ध मङ्गलवार भएको खेलमा ९ ओभर बलिङ गरेका उनले विना विकेट ११० रन दिएका छन् । अन्तर्राष्ट्रिय एकदिवसय क्रिकेटमा भने अष्ट्रेलियाका मिक लेविसको नाममा सो रेकर्ड रहेको छ । उनले २००६ मा दक्षिण अफ्रिका विरुद्धको खेलमा १० ओभरमा ११३ रन दिएका थिए ।

त्यसै गरी पाकिस्तानका वाहब रियाजले ईङ्गल्याण्डसँग १० ओभरमा ११० रनका साथ दोस्रो स्थानमा रहेका छन् ।