देशको राष्ट्रिय समस्या भनेको 'प्रचण्ड' हुन्: प्रधानमन्त्री ओली - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

देशको राष्ट्रिय समस्या भनेको ‘प्रचण्ड’ हुन्: प्रधानमन्त्री ओली



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाली जनताको राष्ट्रिय समस्या भएको बताएका छन् । आइतबार साँझ इमेज टेलिभिजनमा दिएको अन्तर्वार्ताको क्रममा ओलीले यस्तो टिप्पणी गरेका हुन् ।

उनले भनेका थिए, ‘तनाव अति भयो देशमा । तनाव चाहिने भन्दा बढि भयो । हामी एउटा द्वन्द्वको स्थितिबाट आयौं । अव तनावतिर होइन, अव प्रचण्डजीको हतियार उठाएर द्वन्द्व गर्ने भएपनि देशलाई द्वन्द्व र झमेलामा हाल्ने, उहाँले पार्टीलाई पनि झमेलामा हाल्नुहुन्छ, देशलाई पनि झमेलामा हाल्नुहुन्छ’, ओलीले भने, ‘उहाँ त एउटा राष्ट्रिय समस्या हो ।’

त्यसपछि प्रस्तोताले प्रचण्ड राष्ट्रिय समस्या नै हो त ? भन्दै सोधेका थिए । जवाफमा ओलेले प्रचण्ड विभाजनकारी भएको बताएका थिए ।

उनले भनेका थिए, ‘उहाँ (प्रचण्ड) त एउटा राष्ट्रिय समस्या हो, आफू जहाँ गयो यहिं बिभाजन गर्ने, कसैलाई पनि मिल्न नदिने । नेपाली काँग्रेसमा भन्नुस् न, उहाँ शेरबहादुर देउवा, रामचन्द्र पौडेल कृष्ण सिटौला, शेखर कोइराला, शशांक कोइरालाका बीचमा अहिले पनि खेलिरहनुभएको छ । तर, यति सावधानी र चतुर्याइका साथ किन ? उहाँलाई देश बनाउनु त छैन ।’