राष्ट्रियसभा विवाद : एकल संक्रमणीयमा सहमतिको संकेत - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

राष्ट्रियसभा विवाद : एकल संक्रमणीयमा सहमतिको संकेत



कांग्रेस-एमालेबीच विवाद देखिएको राष्ट्रियसभा निर्वाचन विधिमा मध्यमार्गी धारबाट सहमतिको खोजी सुरु भएको छ ।

राष्ट्रियसभा निर्वाचन बहुमतीय प्रणालीमा गर्ने वा एकल संक्रमणीय प्रणालीका आधारमा गर्ने भन्नेमा विवाद बढेपछि राष्ट्रपतिसमक्ष पुगेर थन्किएको अध्यादेशको भविष्य र नयाँ सरकार गठनमा निरन्तर अवरोध देखिन थालेपछि दलहरू मध्यमार्गी बाटोबाट सहमतिको खोजीमा लागेका हुन् ।

राष्ट्रियसभामा कांग्रेसको स्थानलाई पनि सुरक्षित राख्ने गरी सहमति खोजीका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी ओलीसँग आग्रह गरेका छन् ।

आजको अन्नपुर्ण पोष्टमा यो खबर छ,गृहजिल्ला चितवनमा रहेका दाहालले आइतबार बिहान एमाले अध्यक्ष ओलीसँग टेलिफोन वार्ता गरी राष्ट्रियसभा निर्वाचन विवादलाई अब धेरै दिन लम्ब्याउन नहुने भन्दै राष्ट्रियसभामा प्रतिपक्ष पनि चाहिने र कांग्रेसलाई सुरक्षित हुन सक्ने गरी लचकता प्रदर्शन गरेरै भए पनि जानुपर्ने बताएको जनाएका छन् ।

अबको बाटो के ?

मुख्य दल कांग्रेस-एमालेबीच राष्ट्रियसभा गठन कसरी हुने भन्ने विवाद मिलाउन विभिन्न विकल्पमा छलफल चलेको माओवादी अध्यक्ष पुष्पकमल दाहालले खुलाएका छन् ।

सहमतिको मिलनबिन्दुको खोजीका लागि वाम गठबन्धन दल एमाले-माओवादीभित्रै पनि विकल्पमा छलफल चलेको छ । निर्वाचनबाट जितेर आएको एमाले र प्रतिपक्षी बेन्चमा बस्न लागेको कांग्रेसले पनि जितेको देखाउने गरी दुवैको ‘वीन-वीन’ अवस्था निकाल्ने गरी मध्यमार्गी प्रस्तावमा छलफल चलेको माओवादी स्रोतको भनाइ छ ।