राष्ट्रिय हिरो बनेर फर्किए क्रोएसियाका खेलाडी, भब्य स्वागत (फोटो फिचर) - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

राष्ट्रिय हिरो बनेर फर्किए क्रोएसियाका खेलाडी, भब्य स्वागत (फोटो फिचर)



विश्वकप उपाधिको नजिकै पुगेर पनि चुक्यो क्रोएसिया, तर उसले रुसमा तय गरेको यात्रा ऐतिहासिक थियो । सन् १९९१ मा स्वतन्त्र भएको राष्ट्र क्रोएसियाले विश्वकपको फाइनलमा पहिलो पटक स्थान बनायो ।

विश्वकपको फाइनल खेल्ने सानो देश बनेको क्रोएसियाले फाइनलमा फ्रान्सालाई कडा चुनौती दियो । ४–२ ले पराजित भएर उपविजेतामा सीमित भए पनि क्रोसियाका लागि यो ऐतिहासिक उपलब्धी हो।

उपविजेता बनेर घर फर्किएको क्रोएसियाली टोली सोमबार स्वदेश फर्किएको छ । टोलीको राजधानी जाग्रेबमा भव्य स्वागत भएको छ । कप्तान लुका मोड्रिक र टिमका खेलाडी तथा प्रशिक्षक ज्लाट्को डालिक राष्ट्रिय नायकका रुपमा घर फर्किएका हुन् ।

लुका प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेर गोल्डेन बल जित्ने कप्तान हुन् । फाइनल हेर्न मस्को पुगेकी राष्ट्रपति कोलिन्डा ग्राबार–किटारोविचको स्नेह र माया पाएका क्रोएसियाली खेलाडीहरुले घर फर्किँदा हजारौँ समर्थकको साथ पाए । उनीहरुको स्वागतका लागि ४५ लाखको हाराहारीमा जनसंख्या रहेको देशका साढे दुईलाख मानिस पुगेका थिए ।