गृहमन्त्रीसहित सुरक्षा निकायका प्रमुखहरूलाई राष्ट्रपतिको निम्तो - Himal Post Himal Post
  • ११ पुष २०८१, बिहीबार
  •      Thu Dec 26 2024
Logo

गृहमन्त्रीसहित सुरक्षा निकायका प्रमुखहरूलाई राष्ट्रपतिको निम्तो



काठमाडौं- गृहमन्त्री खगराज अधिकारी, गृहसचिव महेश्वर न्यौपानेसहित सबै सुरक्षा निकायका प्रमुखहरू राष्ट्रपति कार्यालय शीतलनिवासमा भेला भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएका कारण उनीहरू त्यहाँ पुगेको बताइएको छ । शुक्रबार गृहमन्त्री अधिकारी, गृहसचिव न्यौपानेसहित सबै सुरक्षा निकायका प्रमुखलाई शीतलनिवासमा बोलाएकी हुन्।

स्रोतका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरु पहिले नै शीतलनिवास पुगेका थिए भने गृहमन्त्री अधिकारी, गृहसचिव न्यौपानेसहितको टोली केहि समय पछाडी त्यहाँ पुगेका थिए ।

गृहमन्त्री अधिकारी, गृहसचिव न्यौपानेसँगै प्रहरी महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभाग प्रमुख गणेश अधिकारी पनि शीतलनिवास पुगेका छन्।

उनीहरूले शीतलनिवासमा लामो समय बिताएको बताइएको छ । राष्ट्रपतिले किन बोलाएको भन्ने खुलाइएको छैन । पछिल्लो अवस्थामा राष्ट्रपतिले गृहमन्त्रीसहित सुरक्षा प्रमुखहरूलाई बोलाएर छलफल गर्नुलाई अर्थपूर्ण मानिएको छ ।