हलिउडकी चर्चित अभिनेत्रीले यसरी गरिन राष्ट्रपति भण्डारीको प्रशंसा - Himal Post Himal Post
  • १२ फाल्गुन २०८२, मंगलवार
  •      Tue Feb 24 2026
Logo

हलिउडकी चर्चित अभिनेत्रीले यसरी गरिन राष्ट्रपति भण्डारीको प्रशंसा



काठमाडौं । हलिउडकि चर्चित अभिनेत्री जेनिफर एनिस्टनले नेपाली राष्ट्रपति विद्यादेवी भण्डारीको प्रशंसा गरेकी छिन् ।

राष्ट्रपति भण्डारीको फोटोमा लेखेकी छन्, ‘विश्वमा परिवर्तन नचाहनेहरूले हल्ला गरिरहेका बेलामा पनि परिवर्तन सम्भव छ।’

उनको संकेत थियो, महिलाहरू अघि बढेको हेर्न नचाहनेका बीच पनि यी महिलाहरूले आफूलाई प्रमाणित गरेका छन्। देशको नेतृत्व गरिरहेका छन् ।

हलिउड अभिनेता ब्राड पिटकी पूर्वपत्नी समेत रहेकी एनिस्टनले शुक्रबार आफ्नो इस्टाग्राम स्टोरीमा राष्ट्रपति भण्डारीसहित जर्मन चान्सलर एन्जेला मर्केल, न्यूजिल्यान्डकी प्रधानमन्त्री ज्याकिन्डा आर्डेन लगायत एसिया र अफ्रिकी मुलुकका महिला सरकार एवं राष्ट्रप्रमुखको तस्विर सेयर गरेकी थिइन् ।

‘परिवर्तन नचाहने शक्तिले विश्वमा हल्ला गरिरहेको बेला अन्ततः परिवर्तन सम्भव भएको छ’ उनले स्टोरीमा क्याप्सनसहित लेखेकी छिन् ।

विश्वका प्रभावशाली महिला र युवतीको शक्तिको प्रशंसा गर्दै उनले परिवर्तनका लागि महिला अगाडि बढ्नुपर्ने उल्लेख गरेकी छिन् ।

एनिस्टन चर्चित हलिउड टिभी सिरिज ‘फ्रेन्ड्स’बाट अभिनयमा उदाएकी थिइन् ।