राष्ट्रपतिले पराजुलीलाई भनिन न्यायिक प्रक्रियाबाट अलग हुनुस
संविधानतः बहालवाला प्रधानन्यायाधीशबाटै राष्ट्रपतिको सपथ गराउनुपर्ने भएकाले गोपाल पराजुलीले त्यसअघि आफैैंले निकास नदिएसम्म बिद्यादेबी भण्डारीले उनैबाट सपथग्रहण गर्नुपर्नेछ ।
राष्ट्रपतिनिकट स्रोतका अनुसार राष्ट्रपतिको चाहना सकेसम्म पराजुली आफैंले परिस्थिति बुझेर निकास दिए राम्रो हुन्थ्यो भन्ने छ । तर, पराजुलीले निकास नदिएमा सपथग्रहणपछि राष्ट्रपतिले उनलाई शीतलनिवासभित्रै भेटेर न्यायिक प्रक्रियाबाट अलग हुन सुझाव दिने तयारी रहेको स्रोतले जनाएको छ ।
राष्ट्रपति निकट श्रोतका अनुसार – सपथग्रहणपछि सम्माननीयज्यूले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई अलग्गै भेटेर न्यायिक प्रक्रियाबाट अलग हुनुस भन्दै हुनुहुन्छ, तपाई विवादमा पर्नुभयो यसले गर्दा सिंगो न्यायपालिकामाथि जनविश्वास गुम्ने भएकाले तपाईले नै निकास दिनुपर्छ भन्ने उहाँको भनाइ छ । परिस्थितिलाई बुझेर पराजुलीले निकास दिनुपर्छ भन्ने राष्ट्रपतिको भनाइ छ ।