राष्ट्रपतिको शपथ बैध बनाउन पराजुलीको राजीनामा
अघिल्लो दिन जुन प्रधानन्यायाधीशसँग राष्ट्रपति विद्या भण्डारीले शपथ खाइन्, भोलिपल्ट उनैको राजीनामा स्वीकृत गर्ने राष्ट्रपति नेपालमा मात्र छिन् ।
न्याय परिषदले प्रधानन्यायाधीश गत साउन मै अवकाश भइसकेको निर्णय सुनाइसकेपछि र पत्र राष्ट्रपति र प्रधानमन्त्री कार्यालयमा पुगिसकेपछि पनि हतार हतार तिनै प्रधानन्यायाधीशसँग शपथ खाने अनि तिनै प्रधानन्यायाधीशको राजीनामा स्वीकृत गर्ने ।
वाह नेपालको कानुन व्यवस्था । र, प्रधानन्यायाधीश पदबाट राजीनामा दिन बाध्य पारिएपछि गोपालप्रसाद पराजुलीले भनेका छन्– प्रधानन्यायाधीशको सर्वाधिकार अपहरणमा प¥यो, हाइज्याक गरियो ।
कसले ग¥यो सर्वोच्च अदालतका प्रधानन्यायाधीशको सर्वाधिकारको हाइ ज्याक ? यसको जवाफ दिने कसले ?
प्रधानन्यायधीशलाई किन चोर बाटो प्रयोग गरी बर्खास्त गर्न खोजियो र बर्खास्त होइन राजीनामा दिन बाध्य पारियो ?
कानुनविदहरु भन्छन्– न्यायालयको गरिमामा समेत प्रश्न चिन्ह खडा भएको छ । कानुनविदहरुको मत छ– प्रधानन्यायाधीशलाई हटाइनु ‘ग्राण्ड डिजाइन’ हो ।
न्यायपरिषद्का सचिवको समेत दुरुपयोग भएको छ । पहिले न्यायाधीश नियुक्तीमा राजनीतिकरण, अब सिंगो अदालतमाथि राजनीति ? विधिको शासनको नोज डाइभ भनेको यही हो भन्छन् विश्लेषकहरु । न्युज अभियानको सहयोग