राष्ट्रपतिलाई रामकुमारी झाँक्रीको यस्तो व्यंग्य - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

राष्ट्रपतिलाई रामकुमारी झाँक्रीको यस्तो व्यंग्य



काठमाडौं – अमेरिकामा कोरोनाको महामारी तीब्र गतिमा फैलिएपछि राष्ट्रपति भण्डारीले नेपालमा रहेको अमेरिकी दूतावासमार्फत् त्यहाँ रहेका नेपालीबारे चासो व्यक्त गरेकी थिइन् ।

अमेरिकामा रहेका सम्पन्न नेपालीको मात्र चिन्ता गरेको सीमा नाकामा अलपत्र नेपालीको बारेमा चासो नदेखाएको भन्दै राष्ट्रपति भण्डारीको चौतर्फी आलोचना पनि भैरहेको छ।

सत्तारुढ दलकै धेरैले राष्ट्रपति नै पक्षपाती भएको समेत आरोप लगाएका छन् । हप्तादिन देखि सीमा क्षत्रेमा खाना र बस्न नपाएर अलपत्र सयौं नेपालीको दुख नदेखेर अमेरिकामा रहेका डलर कमाउनेको चिन्ता गरेको धेरैले आरोप लगाएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य तथा सांसद रामकुमारी झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकामा रहेका र डलर कमाउनेको मात्र चिन्ता देखाएकोमा आपत्ति जनाएकी छन् ।

नेपालकै विभिन्न क्षेत्रमा श्रमिक र विपन्नहरूको दुखमा आनका नगएको आरोप लगाउँदै झाँक्रीले राष्ट्रपति भण्डारीलाई सामाजिक सञ्जाल ट्विटरमा व्यंग्य गरेकी हुन् ।

यस्तो छ उनको व्यङ्ग्य

‘सिधा कुराः महामहिम ! अमेरिका, क्यानडा, युरोप, अष्टेलिया, जापान,कोरियालगायत विकसित मुलुकका नेपालीको चिन्ता नगरी बक्स्योस,’ उनले ट्विटरमा लेखेकी छन् ‘नेपालका विभिन्न जिल्लामा निर्माणको काम गर्न गएका मजदुरहरू लकडाउनमा अलपत्र परेकाहरू समस्यामा छन् । व्यस्थापनको लागि स्थानीय तहलाई निर्देशन दिने की ?’