राष्ट्रपतिको सपथ विवादित, सर्वोच्चमा सुनुवाइ हुने - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

राष्ट्रपतिको सपथ विवादित, सर्वोच्चमा सुनुवाइ हुने



काठमाडौं– राष्ट्रपति विद्यादेवि भण्डारीको सपथ विवादित भएको छ। सर्वोच्च अदालतले यस सम्बन्धी विवादमा दर्ता गर्न ल्याएको एक रिटलाई दर्ता गर्न आदेश दिएपछि भण्डारीको  सपथ विवादमा परेको हो।

भण्डारीले अवैधानिक प्रधानन्यायाधीसँग सपथ लिएको जिकिर गर्दै अधिवक्ता नारायण खरेलले दायर गरेको रिट दर्ता हुने भएपछि राष्ट्रपतिको सपथ विवादमा परेको हो। यसअघि उक्त रिट दर्ता नहुने भन्दै सर्वोच्च प्रशासनले दरपीठ गरेको थियो।

प्रशासनको उक्त निर्णयविरुद्ध अधिवक्ता भण्डारीले इजलाशमा निवेदन दिएका थिए। उक्त निवेदनमा सुनुवाई गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलाशले दर्ता गरी संवैधानिक व्याख्या भएको आदेश गरेपछि यसको विषय पुन सर्वोच्चले व्याख्या गर्ने भएको छ। ‘संवैधानिक एवं कानुनी प्रावधानको प्रयोग र व्याख्याको दृष्टिले निवेदकले महत्वपूर्ण र गम्भीर विषय उठान गरेको देखिन्छ,’ आदेशमा भनिएको छ, ‘यस प्रकारको विषयलाई न्यायिक सुनुवाइको प्रक्रियामा प्रवेश गर्न नदिनु उचित हुँदैन।’

सर्वोच्चको एकल इजलाशले पराजुलीले सोही दिन अवकाश पाएको भनी सम्बन्धित कार्यालय न्याय परिषदले जानकारी दिएको अवस्थामा सपथ लिएकाले यस विषयमा अदालतबाट व्याख्या हुनुपर्ने भनेको छ। उमेर हदका कारण गत साउनमै अवकाश पाएको ठहर भएका प्रधानन्यायाधीश पराजुलीले राष्ट्रपति पदमा निर्वाचित भएकी विद्यादेवी भण्डारीलाई फागुन सपथ खुवाएका थिए।