राष्ट्रपति नै किन जाने अमेरिका ? यस्तो छ रहस्य - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

राष्ट्रपति नै किन जाने अमेरिका ? यस्तो छ रहस्य



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आगामी आइतबार अमेरिका जाँदैछिन् । संयुक्त राष्ट्र संघको महिला नियोगको आयोजनामा हुने ‘कमिसन अन द स्टाटस अफ वुमेन’ को ६३ औं सेसनमा भाग लिन भण्डारी अमेरिका जान लागेकी हुन् ।

भण्डारी नै किन त भन्ने प्रश्न जल्दोबल्दो बनेको छ । सामान्यतया यस्तो सेसनमा यसअघि नेपालबाट महिला, बालबालिका तथा समाज कल्याण मन्त्री स्तरमा सहभागिता रहँदै आएको थियो ।

यो कार्यक्रमका लागि अधिकांश मुलुकका महिला मन्त्रालय हेर्ने मन्त्रीले नै सेसनमा भाग लिँदै छन् । तर राष्ट्रपतिलाई किन जानु परेको त ? भनी चर्को आलोचना पनि भइरहेको छ ।

मन्त्री गएको भए सीमित चार पाँच जना गए पुग्ने थियो । त्यस्तै हुँदै आइरहेको थियो । हुनत यसपटक राष्ट्रप्रमुख वा सरकार प्रमुखमा महिला पुगेका देशबाट राष्ट्रप्रमुख वा सरकार प्रमुखलाई नै निमन्त्रण गरिएको दाबी गरिएको छ ।

यसबारे नेपाल सरकारले खुलाएर जानकारी दिनुपर्ने थियो । त्यसो नगरी सूचनाको दूरुपयोग गरेको त हैन भन्ने प्रश्न उब्जिएको छ ।

घुम्ने रहर ?
अन्य देशबाट समेत मन्त्रीले मात्र सहभागीता जनाउने कार्यक्रममा नेपालबाट राष्ट्रप्रमुख जानुलाइृ भने केवल घुम्ने रहर मात्र भएको टिप्पणी गरिएको छ ।

यसले नेपालको गरिमालाई समेत थप कमजोर पार्न मद्धत गरेको छ । राष्ट्रपतिसंगै दुई दर्जन अमेरिका जानेछन् ।

उनको घुम्ने रहरले देशले आर्थिक व्यय पनि बेहोर्दैछ । राष्ट्रपतिलाई न्युयोर्कको हायत होटेलमा राख्ने तयारी गरिएको बुझिएको छ ।

अमेरिकामा राष्ट्रपति पुग्दा अमेरिकको न्यूयोकर्म रहेका नेपालीहरुसंगको भेटको कार्यक्रम समेत बनेको छैन । अमेरिकास्थित नेपाली दूतावास, न्युयोर्कमा रहेको महाबाणिज्यदूतावास र संयुक्त राष्ट्र संघका लागि नेपाली नियोगले कार्यक्रमबारे औपचारिक जानकारीसमेत नदिएको बुझिएको छ ।

यसअघि खाडी मुलुकमा जाँदा पनि राष्ट्रपतिको घुम्ने रहरको आलोचना भएको थियो ।