राष्ट्रकवि घिमिरे पुन अस्पताल भर्ना - Himal Post Himal Post
  • १० पुष २०८१, बुधबार
  •      Wed Dec 25 2024
Logo

राष्ट्रकवि घिमिरे पुन अस्पताल भर्ना



काठमाडौं– राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि फेरि अस्पताल भर्ना भएका छन् । घिमिरेलाई आइतबार बिहान उपचारका लागि धापासीस्थित ग्राण्डी अस्पताल भर्ना गरिएको हो ।

उनी भारतको मेदान्त अस्पतालमा उपचार गराएर शनिबार मात्रै स्वदेश फर्किएका थिए । उनको हाइ केयर युनिटमा राखेर उपचार भइरहेको छ ।

राष्ट्रकवि घिमिरेलाई बाइल्याट्रल निमोनिया भएको उपचार संलग्न डाक्टरले बताएका छन् । सानो आन्द्रामा भएको रक्त स्राव नरोकिएपछि उनलाई थप उपचारका लागि दिल्ली लगिएको थियो ।

दिल्लीमा इन्डोस्कोपीपछि उनको सानो आन्द्रामा दुई ठाउँ हलुका घाउ भएको पत्ता लागेको थियो । ती घाउलाई लेजर प्रबिधिबाट डामिएको थियो ।