क्रिकेट बोर्ड र कप्तानको मलाई मतलव छैन : राशिद खान - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

क्रिकेट बोर्ड र कप्तानको मलाई मतलव छैन : राशिद खान



एजेन्सी – अफगानिस्तानका स्टार स्पिनर राशिद खानले आफूले क्रिकेट बोर्ड तथा कप्तान गुलबदिनका लागि नभई देशका लागि क्रिकेट खेल्ने गरेको बयान दिएका छन्।

‘म न गुलबदीनका लागि खेल्छु न क्रिकेट बोर्डका लागि। म अफगानिस्तानका लागि खेल्छु’, राशिदले भने।

कप्तानी परिवर्तनलाई लिएर अन्तुष्टि व्यक्त गरेपछि कप्तानसँग उनको सम्बन्ध ठीक नभएको बारेमा प्रश्न गरिएपछि उनले यस्तो बताएका हुन्।

गुलबदिनलाई कप्तान बनाएपछि राशिद र मोहम्मद नबीले आपति व्यक्त गरेका थिए।

जारी विश्वकपमा अफगानिस्तानले कुनै पनि खेल जितेको छैन। उसले हालसम्म खेलेका विश्वकपका पाँचै खेल हारेको छ। त्यसैले अंकतालिकाका पनि शून्य अंकसहित पुछारमा छ।

लगातारको हारले यसमा षड्यन्त्र भएको आशंका व्यक्त गर्न थालिएको छ। राशिदको गुलबदिनसँग सम्बन्आध खासै राम्रो छैन। यसका कारण स्पिनरको प्रदर्शनमा असर परेको बताइन्छ। राशिदले विश्वकपमा हाल सम्मकै खराब प्रदर्शन गरेका छन्।

बाहिर कप्तानसँग सम्बन्धमा तिक्तता रहेको चर्चा चलेपनि राशिदले भने त्यसलाई अस्विकार गरेका छन्।

‘गुलबदीनसँग मेरो सम्बन्ध नराम्रो छैन। म उसलाई पनि त्यति नै सघाइरहेको छु जति अशगर हुँदा सघाउँथे। यदि अशगरलाई मैदानमा ५- प्रतिशत सहयोग थियो भने गुलबदीनलाई मेरो १०० प्रतिशत सहयोग छ’, भारतसँगको खेलको पूर्वसन्ध्यामा राशिदले भने।

उनले मिडियाले बढाइचढाइ गरेको आरोप लगाए।

यस्तै उनलाई अफगानिस्तानको कप्तानीमा परिवर्तनको आवश्यक्ताका बारेमा जिज्ञासा राखिएपछि राशिदले ती कुराको मतलब नभएको र आफू आफ्नो भूमिकाका बारेमा मात्र जानकार रहेको बताए।

‘म न गुलबदिनका लागि खेल्छु न क्रिकेट बोर्डका लागि। म आफ्नो झण्डा, अफगानिस्तानका लागि खेल्छु। मलाई मेरो भूमिका थाहा छ, म अगाडि पनि आफ्नो काम गरिरहनेछु’, राशिदले भने, ‘म र नबीको ट्वीट अशगरको समर्थनमा थिएन। हामीले अफगानिस्तानको क्रिकेटको राम्रोको लागि आवाज उठाएका थियौं।