राशिद खान बने टिम क्याप्टेन - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

राशिद खान बने टिम क्याप्टेन



एजेन्सी- आगामी मे ३० देखी इंग्ल्यान्ड र वेस्समा हुने वान डे विश्वकप अघि अफगानिस्तान क्रिकेट बोर्डले टोलीमा केहि फेरबदल गरेको छ ।

शुक्रबार असगर अफ्गानलाई कप्तानीबाट हटाउएको छ । जसमा तीनै फ्रम्यार्टको लागि तीन नयाँ कप्तान नियुक्त गरेको छ । अफगानिस्तान क्रिकेट बोर्डले लेग स्पिनर राशिद खानलाई टी २० कप्तानको जिम्मा दिएको छ । गुलबदीन नाइबलाई वान डे र राहमत शाहलाई टेस्ट कप्तानको जिम्मा दिएको जनाएको छ ।

राशिद खानले यस अघि गत वर्ष विश्वकप छनोटमा पनि अफगानिस्तानको कप्तानी सम्हालेका थिए । त्यसबेला नियमित कप्तान अश्गर घाइते थिए । शाह र गुलबदिनले पहिलो पटक कप्तानी गर्न लागेका हुन् । असगर अफगानी सन् २०१५ मा अफगानिस्तानको कप्तान बनेका थिए । उनको महत्वपूर्ण उपलब्धी अफगानिस्तानलाई टेष्ट मान्यता,पहिलो टेस्ट सिरिज रह्यो ।