सुरक्षाकर्मीको रासन खर्च बढ्यो - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

सुरक्षाकर्मीको रासन खर्च बढ्यो



काठमाडौं : नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासन खर्च १५ प्रतिशतले वृद्धि भएको छ।

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/०७९ बजेट प्रस्तुत गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीले पाउँदै आएको रासन खर्च १५ प्रतिशतले वृद्धि गर्ने जानकारी दिएका हुन।

कामचलाउ सरकारले आगामी आर्थिक वर्षका लागि अध्यादेशमार्फत् १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ। अर्थमन्त्री विष्णुप्रसाद पाैडेलले शनिबार सिंहदरबारबाट बजेट सार्वजनिक गरेका हुन्।